आन्तरिक राजश्व विभागका महानिर्देशक मदन दाहालले आयुर्वेदिक औषधिको करको दरमा कुनै परिवर्तन नगरिएको स्पष्ट पारेका छन्।
बुधबार सिंहदरबारमा बसेको अर्थ समितिको बैठकमा बोल्दै महानिर्देशक दाहालले आयुर्वेदिक औषधिमा नयाँ कर लगाइएको नभई अघिल्लो वर्षहरुदेखि लाग्दै आएको कर दरलाई मात्र निरन्तरता दिइएको बताएका हुन्।
उनले स्थानीय उत्पादनको प्रवर्धन र संरक्षण सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै अत्यावश्यक वस्तुमा कर छुट दिने नीति लिएको समेत बताए।
उनले अत्यावश्यक वस्तुमा कर छुट दिने राज्यको नीति नै रहेको बताए। आगामी आर्थिक वर्षको बजेटमा स्थानीय उत्पादनलाई प्रवर्धन र संरक्षण गर्ने हिसावले छुर्पी, रुद्राक्ष लगायतमा लाग्ने करसमेत खारेज गरेको बतए।
उनले भने, ‘अहिले आयुर्वेदिक औषधिमा भ्याट लगाएको भन्ने कुरामा कुनै सत्यता छैन। आयुर्वेदिक औषधिको करका दरमा कुनै परिवर्तन गरिएको छैन। विगतदेखि लागेको कुरालाई निरन्तरता मात्र दिएको हो। अत्यावश्यक वस्तुमा कर छुट दिने राज्यको नीति नै छ। त्यहीअनुरुप हामीले आन्तरिक उत्पादनलाई बढावा दिन र यस्ता औषधीजन्य र अन्य अत्यावश्यक वस्तुमा कर छुट दिने नीतिअनुरुप नै दरका रेटमा केही परिवर्तनहरु भएका छन्।’
अगामी आर्थिक वर्षको लागि बजेट निर्माणका क्रममा करका सम्बन्धमा सरकारको घोषित नीतिभन्दा बाहिर नगएको जिकिर गरे।
Shares

प्रतिक्रिया