मुगुमा ट्याक्टर दुर्घटनामा परेकोछ। मुगुको खत्याड गाउँपालिका–४ राम्रीकाद नजिक माझचौरदेखि जिउकातर्फ जाँदै गरेको ज १ त ५११२ नम्बरको ट्याक्टर दुर्घटनामा परेको हो।
जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार आइतबार राती करिब ११ बजेको ट्याक्टर दुर्घटनामा परेर खत्याड गाउँपालिका–४ बस्ने ५२ वर्षीय शारदा थापाको घटनास्थलमै मृत्यु भएको छ।
यस्तै, घाइते हुनेहरुमा खत्याड गाउँपालिका–४ की अन्दाजी १५ वर्षीय छायाँ थापा, अन्दाजी ४२ वर्षीय धनराज रोकाया, ३० वर्षीय जसबहादुर सार्की, ३० वर्षीया सरु रोकाया, २५ वर्षीय अमना थापा र २५ वर्षीय जौकला रोकाया रहेको प्रहरी निरीक्षक अचुतराज आचार्यले जानकारी दिए।
यस्तै, खत्याड गाउँपालिका–६ बस्ने २८ वर्षीय दानबहादुर बुढथापा र २२ वर्षीय दलबहादुर विक घाइते भएका छन्। उनीहरूलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पठाइएको प्रहरीले जनाएको छ।
ट्याक्टर सोही वडामा पर्ने नेपाल राष्ट्रिय माध्यमिक विधालयको भवन निर्माणका बालुवा बोकेर ल्याएको स्थानीयको भनाइ छ।
Shares

प्रतिक्रिया