सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले कर्णाली प्रदेशको प्रदेश प्रमुखको कार्यभार सम्हालेका छन्।
कर्णाली प्रदेशका प्रमुख यज्ञराज जोशी उपचारका लागि अमेरिका प्रस्थान गरेपछि मियाँले आइतबार प्रमुखको कार्यभार सम्हालेका हुन्।
आँखाको उपचार गर्न प्रदेश प्रमुख जोशी अमेरिका जानुपर्ने भएपछि संघीय मन्त्रिपरिषद् बैठकले मियाँलाई कर्णालीको जिम्मेवारी दिने निर्णय गरेको थियो।
यसैबीच, कार्यवाहक प्रदेश प्रमुख मियाँलाई नेपाल मुस्लिम आयोगले प्रतिवेदन बुझाएको छ।
आयोगका अध्यक्ष मोहम्मद दिनले कार्यवाहक प्रदेश प्रमुख मियाँसमक्ष आयोगले आर्थिक वर्ष २०८०/०८१ मा गरेका कामको प्रतिवेदन बुझाएका हुन्।
567
Shares

प्रतिक्रिया