कर्णाली


रास्कोटमा ३३ केभिए प्रसारण लाइनको सबस्टेसन बन्दै

रास्कोटमा ३३ केभिए प्रसारण लाइनको सबस्टेसन बन्दै

प्रतिकात्मक तस्बिर


नेपालखबर
बैशाख २०, २०८२ शनिबार १७:३९, मान्म (कालीकोट)

 कालीकोटको रास्कोट नगरपालिका-६ नमूना बस्तीमा ३३ केभिए प्रसारण लाइनको सबस्टेसन बन्न लागेको हो। नेपाल विद्युत् प्राधिकरणको ५ करोड रुपैयाँको लागतमा प्रसारण लाइनको सबस्टेसन बन्न लागेको हो। 

केन्द्रीय विद्युत् प्रसारण लाइन विस्तारसँगै सबस्टेसन निर्माण थालिएको छ। सबस्टेसन निर्माण सम्पन्न भएपछि रास्कोटसहित छिमेकी पालिका र बाजुरा जिल्लासम्म गुणस्तरीय विद्युत् सेवा पुग्ने नेपाल विद्युत् प्राधिकरणका प्राविधिक रमेश शाहीले बताए। ‘प्रसारण लाइन विस्तारपछि जिल्लामा विद्युत् अभाव हुने छैन,’ उनले भने, ‘कालीकोटको रास्कोटमा मात्र नभएर बाजुराको पूर्वी क्षेत्रमा पनि विद्युत् पहुँच विस्तार हुनेछ।’

रास्कोटमा हाल ११ केभिए प्रसारण लाइन छ। उक्त प्रसार लाइनका कारण गुणस्तरीय विद्युत् आपूर्ति हुन नसकेपछि ३३ केभिए प्रसारण लाइनको सबस्टेसन निर्माण गर्न लागिएको हो। यसले विद्युत् आपूर्ति नियमित हुने अपेक्षा गरिएको नगरपालिकाका प्रमुख धर्मराज शाहीले बताए।रासस
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad