कर्णाली


नेपाली सेना उत्तर पश्चिम पृतना हेडक्वाटरले युनिटी रन–२०८१ को आयोजना गर्ने

नेपाली सेना उत्तर पश्चिम पृतना हेडक्वाटरले युनिटी रन–२०८१ को आयोजना गर्ने

नेपालखबर
माघ १५, २०८१ मंगलबार १९:२४, सुर्खेत

नेपाली सेनाको उत्तर पश्चिम पृतना हेडक्वाटर निमारे ब्यारेक सुर्खेतले युनिटी रन प्रतियोगिता–२०८१ को आयोजना गर्ने भएको छ। नेपाली सेनाले कर्णालीको पहिचान बनेको लामो दूरीको दौड प्रतियोगिताको विकासका लागि हरेक वर्ष आयोजना गर्दै आएको युनिटी रन यस वर्ष पनि गर्ने भएको हो।

आमागी फागुन ३ गते महाशिवरात्री तथा सेना दिवसको अवसरमा नेपाली सेनाको उत्तर पश्चिम पृतना हेडक्वाटर निमारे ब्यारेक सुर्खेतको आयोजनामा हाफ म्याराथन प्रतियोगिता सञ्चालन गर्न लागिएको जनाएको छ।

दौडतर्फ प्रथम हुनेलाई ३५ हजार पुरस्कार
यस्तै, उक्त प्रतियोगितामा विभिन्न पाँच विधाहरूमध्ये २१, १० र पाँच किलोमिटर दौड प्रतियोगिता सञ्चालन हुनेछन्। दौडतर्फ प्रथम हुनेले ३५ हजार, दोस्रोले २५ हजार र तेस्रो हुने १५ हजार पुरस्कार पाउनेछन्। १० किलोमिटर दौडमा प्रथम, दोस्रो तथा तेस्रो हुनेले क्रमशः २०, १० र पाँच हजार पुरस्कार पाउनेछन्।

यस्तै, पाँच किलामिटर दौडमा प्रथम हुनेले १० हजार, पाँच हजार र तेस्रो हुनेले तीन हजार पुरस्कार पाउनेछन्।

तीनवटै विधाको प्रतियोगितामा महिला र पुरुष दुवै सहभागी हुन पाउने र दुवैले समान पुरस्कार दिइने उत्तर पश्चिम पृतना हेडक्वाटर निमारे ब्यारेक सुर्खेतका सहायक पृतनापति दिनेश रजौरेले जानकारी दिए ।

प्रतियोगितामा सहभागी हुन नेपाली सेनाका १० वटै जिल्लामा रहेका युनिटमा पुगेर निःशुल्क रुपमा फारम भर्न सकिनेछ। फारम भर्ने अन्तिम मिति यहीँ माघ ३० गतेसम्म रहेको छ।

प्रतियोगिताका लागि कर्णालीका १० वटै जिल्लाका जुनसुकै सेनाका युनिटमा फर्म भर्ने व्यवस्था गरिए पनि प्रतियोगितामा सहभागी हुन भने वीरेन्द्रनगरस्थित विमानस्थलको पूर्वतर्फ रहेको श्री नं २ राजदल गण, एयरपोर्टमा फागुन ३ गते उपस्थित हुनुपर्ने सहायक पृतनापति रजौरेले जानकारी दिए।

२१ किलोमिटर दौडका लागि राजदल गणबाट सुरु हुनेछ। यसका लागि रुट पिपिरा, देउती बज्यै मन्दिर, भाइरल रोड, मंगलगढी, बाँगेशीमल, ढाडेखाली स्कुलहुँदै रातो पुल, कालुञ्चोक, नेवारे स्कुल भएर राजदल गण तय गरिएको छ।

१० किलोमिटर दौडतर्फको रुट राज दल गणबाटै सुरु गरेर पिपिरा चोक, मंगलगढी, ढोडेखाली पुल, प्रदेश अस्पताल, रातो पुल, कालुञ्चोक, नेवारे स्कुल भएर राजदल गण राखिएको छ । पाँच किलोमिटर दौडको रुट भने राजदलबाट सुरु भएर पिपिरा चोक, मंगलगढी, गणेश चाक, आँखा अस्पताल, कालुञ्चोक, नेवारे स्कुल भएर राजदल गणमै पुगेर सकिनेछ।

पाँच किलोमिटर अर्को दौडमा प्रमुख अथिति र अन्य आमन्त्रित सहभागी गराइने सेनाले जनाएको छ। २१ र १० किलोमिटर दौडमा प्रतियोगितामा जुनसुकै उमेर समूहहरु महिला र पुरूष र पाँच किलोमिटर दौडमा छात्रछात्रा सहभागी हुन पाउनेछन्।

सेनाले २०७८ सालदेखि हरेक वर्ष सेना दिवसको अवसरमा युनिटी रन प्रतियोगिताको आयोजना गर्दै आएको छ। राष्ट्रिय खेलकुद क्षेत्रमा योगदान दिन क्षमतावान खेलाडीको पहिचान र विकासका लागि प्रतियोगिता गरिएको सेनाले उल्लेख गरेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad