ग्लोबल


मलेसियामा पानीजहाज दुर्घटना, चालक बेपत्ता

मलेसियामा पानीजहाज दुर्घटना, चालक बेपत्ता

नेपालखबर
माघ १५, २०८१ मंगलबार १९:४६, क्वालालम्पुर

मलेसियाको उत्तरी बोर्नियो राज्यको सारावाकको तटमा पानीजहाज दुर्घटना हुँदा मुख्य चालक (कप्तान) बेपत्ता भएका छन्। चालक दलका अन्य ६ सदस्यको भने उद्धार गरिएको मलेसियाली तटरक्षकले मंगलबार जनाएको छ।

सोमबार राति सम्पर्कविहीन भएको जहाज मंगलबार स्थानीय समयअनुसार बिहान ६ः३० बजे फेला परेको थियो। चालक दलका ६ सदस्यलाई चाँडै उद्धार गरिएको मलेसियाली सामुद्रिक प्रवर्तन एजेन्सी लाबुआनका निर्देशक इज्वानहादी इड्रोसले पत्रकार सम्मेलनमा बताए। 

‘हामीले ६ जना चालक दलका सदस्यहरूलाई तुरुन्तै उद्धार गर्‍यौँ, जसमध्ये दुईलाई सामान्य चोट लागेको छ। अन्य चार जनाको अवस्था स्थिर छ’, उनले भने।

स्कुबा डाइभिङ टोलीले बेपत्ता कप्तानको खोजी गरिरहेको छ।

इज्वानहादीले प्रतिकूल मौसम परिस्थितिले पानीजहाज दुर्घटना भएको बताए।

अधिकारीहरूले खोजी र अनुसन्धान जारी राखेका छन्। रासस/सिन्ह्वा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad