कला


मेरो चरित्र हत्या गर्ने व्यक्तिविरुद्ध साइबर ब्युरोले कारबाही गर्ने भएको छः समीक्षा अधिकारी

यस्तो छ समीक्षाले साइबर ब्युरोमा दिएको निवेदन
मेरो चरित्र हत्या गर्ने व्यक्तिविरुद्ध साइबर ब्युरोले कारबाही गर्ने भएको छः समीक्षा अधिकारी

फाइल तस्बिर: समीक्षा अधिकारी


नेपालखबर
पुस ६, २०८१ शनिबार २१:३, काठमाडौँ

गायिका समीक्षा अधिकारीको चरित्र हत्या हुने भिडिओ बनाउने व्यक्तिविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोले कारबाही प्रक्रिया अघि बढाउने भएको छ। 

आफूले साइबर ब्युरोमा दिएको निवेदनअनुसार दोषी व्यक्तिलाई तत्काल खोजी गरी कारबाही गर्ने जानकारी पाएको गायिका अधिकारीले बताएकी छन्। 

गायिका अधिकारीले साइबर ब्युरोमा दिएको निवेदन पनि सार्वजनिक गरेकी छन्। 

‘मेरो चरित्र हत्या गर्ने व्यक्तिविरुद्ध आज साइबर ब्युरोमा निवेदन दिएकी छु। मेरो व्यक्तिगत र पारिवारिक जीवनमा असर पर्नेगरी राखिएको यस्तो प्रकारका भिडिओले समाज तथा राष्ट्रलाई नै असर पर्छ’, अधिकारीले सामाजिक सञ्जालमार्फत भनेकी छन्, ‘साइबर ब्युरोबाट कम्प्युटर र एआईको दुरुपयोग गरी यस्तो कार्य गर्ने व्यक्तिलाई तत्काल खोजी गरी कारबाही गर्ने जानकारी पाएको छु।’

साथै समीक्षाले सस्तो लोकप्रियता कमाउने उद्देश्यले कुनै पनि छोरी चेलीको जीवनलाई असर पर्ने क्रियाकलाप नगर्न सम्बन्धित पक्षलाई अनुरोध पनि गरेकी छन्। 

यस्तो छ समीक्षाले साइबर ब्युरोमा दिएको निवेदन

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad