कर्णाली


निसासिएर आमाछोराको मृत्यु, छोरी गम्भीर घाइते

निसासिएर आमाछोराको मृत्यु, छोरी गम्भीर घाइते

दिनेश बुढा
पुस ४, २०८१ बिहिबार १८:२२, सुर्खेत

वीरेन्द्रनगरमा कोठाभित्र कोइला बालेर सुतेका आमा र छोराको मृत्यु भएको छ। वीरेन्द्रनगर नगरपालिका–४ भैरवस्थानको समावेशी टोलमा कोइला बालेर सुतेका आमा छोराको बुधबार मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार मृत्यु हुनेमा ३१ वर्षीय देवीसरा थापा घर्ती र उनका ६ वर्षीय छोरा रियान घर्ती छन्। निस्सासिएर देवीसराकी ९ वर्षीय छोरी वर्षीय रिया घर्ती गम्भीर घाइते भएकी छन्।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी वीरेन्द्रवीर विश्वकर्माले निस्सासिएर देवीसराको आमाछोराको मृत्यु भएको जानकारी दिए।

उनले भने, ‘बन्द कोठामा कोइला बालेर देवीसराको तीन जनाको परिवार सुत्नु भएको रहेछ। बिहान अवेरसम्म नउठेपछि छिमेकीले ९ बजेको समयमा प्रहरीलाई खबर गर्नुभएको थियो। प्रहरीले उनिहरुको उद्धार गरेर प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा लगेको थिए। त्यहाँ उपचारका क्रममा अस्पतालले बिहान साढे १० बजेतिर आमा र छोराको मृत्यु घोषणा गर्यो।’

डीएसपी विश्वकर्माले देवीसराकी ९ वर्षीय छोरी रियाको अस्पतालमा उपचार भइरहेको र अवस्था गम्भीर रहेको बताए।

‘बुधबार राति खाना खाएर सुतेका तीन जना विहान अबेरसम्म नउठेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। उनीहरू सुतेको कोठाको ढोका तथा झ्यालहरू सबै बन्द अवस्थामा थिए।

प्रहरीले तसलामा कोइला बलिरहेको अवस्थामा फेला पारेको जनाएको छ। कोठामा कोइला बाल्दा कार्बनमोनोअक्साइड ग्यास भरिएको र अक्सिजनको मात्रा कम भएकाले निसास्सिएर नै मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

प्रहरीका अनुसार देवीसराका श्रीमान वैदेशीक रोजगारीका लागि दुवईमा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad