‘माया बराबर’ बोलको गीत सार्वजनिक भएको छ। नेपमेलो युट्युब च्यानलमा सार्वजनिक गीतमा भूषण खतिवडा र शान्ति श्री परियारको स्वर सुन्न सकिन्छ।
फिन्जु पाख्रिनका प्रेमिल शब्द रहेको गीतमा गायक भूषण खतिवडाकै सङ्गीत भरेका छन्। गीतको भिडिओलाई प्रेमिल प्रस्तुतिका साथ तयार गरिएको छ।
सार्वजनिक भिडिओमा रियल जोडी लक्ष्मी बर्देवा र जीवन भट्टराई फिचर्ड छन्। उनीहरुको सफल प्रेम यात्रालाई भिडिओमा मनोरञ्जनात्मक शैलीमा प्रस्तुत गरिएको छ। भिडिओमा लक्ष्मी र जीवनसँगै सागर दाहाल, विशाल पहारीको अभिनय रहेको छ।
लक्ष्मी र जीवन निर्देशित गीतको भिडिओलाई उत्सव दाहालले खिँचेका हुन्। सार्वजनिक गीतमा हेमन्त कान्छा रसाइलीको सारङ्गी, रत्न विकेको बाँसुरी, सञ्जीव बराइलीको गितार तथा श्यामस्वेत रसाइलीको मिक्सिङ मास्टरिङ छ।
(भिडिओ)
114
Shares

प्रतिक्रिया