कर्णाली


कालिकोटको तिलागुफा–४ मा ६४ प्रतिशत मत खस्यो

कालिकोटको तिलागुफा–४ मा ६४ प्रतिशत मत खस्यो

नेपालखबर
मंसिर १६, २०८१ आइतबार १५:४४, सुर्खेत

कालिकोटको तिलागुफा नगरपालिका–४ मा पनि वडाध्यक्ष पदका लागि भएको उपनिर्वाचनको मतदानमा ६४ प्रतिशत मत खसेको छ।

दिउँसो ३ बजेको समयमासम्म जम्मा मतदाता मध्ये ३८३ अर्थात् झण्डै ६४ प्रतिशत मत खसेको मुख्यनिर्वाचन अधिकृत आन्नदराज पन्तले जानकारी दिए।

उनका अनुसार एक मतदान स्थल र दुई मतदान केन्द्र रहेकोमा शान्तपूर्ण वातावरणमा मतदान जारी रहेको छ। वडाध्यक्षका लागि ६ जना उम्मेदवार चुनावी मैदानमा छन्। यहाँ ६ सय ९ मतदाता रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad