कारोबार


११ महिनामा आए साढे १० लाख विदेशी पर्यटक

११ महिनामा आए साढे १० लाख विदेशी पर्यटक

फाइल फोटो


नेपालखबर
मंसिर १६, २०८१ आइतबार १५:२४, काठमाडौँ

सन् २०२४ को नोभेम्बरसम्मका ११ महिनामा साढे १० लाख विदेशी पर्यटक नेपाल भित्रिएका छन्। शनिबारसम्म १० लाख ५५ हजार पर्यटक भित्रिएका हुन्।

नोभेम्बरमा १ लाख १४ हजार पर्यटक भित्रिएका छन्। गत वर्षको तुलनामा ५.४ प्रतिशत बढेपनि २०१९ को तुलनाामा १२ प्रतिशत अझै कमी रहेका छन्। २०२३ मा १ लाख ८ हजार पर्यटक भित्रँदा २०१९ मा १ लाख ३० हजार आएका थिए।

२०१९ सँग तुलना गर्दा ११ महिनामा १० लाख ९६ हजार भित्रिएका थिए।  
कोभिडअघिको तुलना गर्दा ४० हजार ७९२ कम आएका छन्।  

नोभेम्बर महिनामा भारतबाट १९ हजार ९१५ पर्यटक भित्रँदा, दोस्रोमा रहेको अमेरिकाबाट १० हजार ९८१, तेस्रो नम्बरको चीनबाट ९ हजार ४५८ पर्यटक भित्रिएको पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले बताएका छन्।

बेलायतबाट ६ हजार ६११, बंगलादेशबाट ५ हजार १४८, अष्ट्रेलियाबाट ४ हजार ८२९ भित्रिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad