जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुख पदका लागि हुन लागेको निर्वाचनमा चार जनाको उम्मेदवारी दर्ता भएको छ। हालसम्म नेपाली कांग्रेस, राप्रपा, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले उम्मेदवारी दर्ता गराएका हुन्।
निर्वाचन कार्यालयका अनुसार कांग्रेसकातर्फबाट इन्द्रा चन्द सिंह, एमालेबाट सुनिता बोहोरा, माओवादीबाट देवका लामिछानेको उम्मेदवारी दर्ता भएको छ।
यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पनि उम्मेदवारी दर्ता हुने भनिएपनि अहिलेसम्म नभएको जिल्ला निर्वाचन कार्यालयले जानकारी गराएको छ।
यहाँ कांग्रेसबाट निर्वाचित उपप्रमुख सरिता सिंहको भूकम्पमा परेर निधन भएपछि उपनिर्वाचन हुन लागेको हो। उपप्रमुख सरिता सिंहको २०८० कार्तिक १७ मा जाजरकोट भूकम्पमा परी मृत्यु भएको थियो।
नेपाली कांग्रेसबाट उपाध्यक्ष निर्वाचित भएकी सिंहले ५ हजार ४ सय ६ मत प्राप्त गरी एमालेका सुनिता बोहोरालाई हराएकी थिइन्। बोहोराले ३ हजार ३ सय ९३ मत प्राप्त गरेकी थिइन्। तीनै बोहोरालाई एमालेले यस पट्क पनि उम्मेदवार बनाएको छ।
बोहोरा २०७४ सालको निर्वाचनमा पनि उम्मेदवार बनेकी थिइन्। उनि हालसमम्म तीन पटक उम्मेदवार बनेकी छन्।
यहाँ नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसको गठबन्धन थियो। यस पटको उपनिर्वाचनमा दलहरु एक्लाएक्लै मैदान उत्रिँदा छन्।
Shares

प्रतिक्रिया