हेटौंडा उपमहानगरपालिका–१२ को वडाअध्यक्ष पदका लागि नेकपा माओवादी केन्द्रका रविन प्रधानले उम्मेदवारी दर्ता गराएका छन्।
मंसिर १६ गते हुने उपनिर्वाचनका लागि वडाअध्यक्ष पदका लागि प्रधानले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन्।
नेकपा माओवादी केन्द्रका माधव प्रसाद प्रस्तावक चन्द्रप्रसाद घलानको समर्थकमा तिवारीले उम्मेदवारी दर्ता गराएका हुन्।
२०७९ को स्थानीय तह निर्वाचनमा नेकपा माओवादी केन्द्रका उम्मेदवार ललित बहादुर घलान बिजयी भएका थिए।
२०७४ मा पनि यसै वडाको वडाध्यक्षमा निर्वाचित भएका घलान जिल्ला समन्वय समितिको प्रमुखमा निर्वाचित भएपछि माओवादीले वडाध्यक्ष पदका लागि युवा नेता रविन प्रधानलाई अघि सारेको हो।
घलानले यस वडामा बनाएको साख जोगाउन प्रधानमाथि चुनौती छ।
27
Shares

प्रतिक्रिया