कर्णाली


एकीकृत समाजवादी कर्णालीको पहिलो अधिवेशन सुरु, १३१ सदस्यीय कमिटी चयन गर्ने

एकीकृत समाजवादी कर्णालीको पहिलो अधिवेशन सुरु, १३१ सदस्यीय कमिटी चयन गर्ने

नेपालखबर
कात्तिक २६, २०८१ सोमबार २१:४१, सुर्खेत

नेकपा एकीकृत समाजवादी पार्टीको प्रथम कर्णाली प्रदेश अधिवेशन सुरु भएको छ। प्रदेश राजधानी वीरेन्द्रनगर सुर्खेतमा सोमबार सुरु भएको अधिवेशनको पार्टीका केन्द्रीय अध्यक्ष माधवकुमार नेपालले उद्घाटन गरेका छन्।

मंगलबारसम्म चल्ने उक्त अधिवेशनमा प्रदेशभरबाट ५ सय भन्दा बढी प्रतिनिधिहरू रहेका समाजवादी कर्णाली प्रदेश कमिटीले जनाएको छ।
 
एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा कर्णाली प्रचार विभाग प्रमुख वसन्त विश्वकर्माका अनुसार सोमबार बेलुका उद्घाटन सत्र सकिएको छ भने बन्द सत्र मंगलबार बिहान ८ बजेबाट सुरु हुने छ।

अधिवेशनबाट सात जना पदाधिकारीसहित १३१ सदस्यीय कमिटी निर्वाचित हुने छ। एक जना अध्यक्ष, दुई जना उपाध्यक्ष (एक खुला, एक समावेशी), एक जना सचिव र तीन जना उपसचिव पदाधिकारीमा निर्वाचित हुनेछन्।

कमिटीमा पदाधिकारी छोडेर प्रत्येक जिल्लाबाट करिब १० भन्दा बढी प्रतिनिधि सदस्य पदमा निर्वाचिन हुनेछन्।
मंगलबार नै नेतृत्व चयनगर्ने कार्यक्रम रहेको एकीकृत समाजवादीले जनाएको छ।

कुन जिल्लाबाट कति प्रतिनिधि?
समाजवादीको प्रथम अधिवेशनमा ५०४ जना प्रतिनिधि सहभागी भएकाकर्णाली प्रचार विभाग प्रमुख वसन्त विश्वकर्माले बताए। उनका अनुसार प्रदेश अधिवेशनमा सहभागी हुने प्रतिनिधिहरू कर्णालीका २४ वटै प्रदेश निर्वाचन क्षेत्रबाट छनोट गरिएको छ।

जसमा सुर्खेतबाट १७, दैलेखबाट ३०, कालीकोटबाट ४१, मुगुबाट ४१, डोल्पाबाट २८, जाजरकोटबाट २९ , रुकुम पश्चिमबाट १८, सल्यानबाट ४९, जुम्लाबाट ३८ र हुम्लाबाट १३ गरी ३०४ जना प्रतिनिधि निर्वाचित भएका छन्।

पार्टीको प्रदेश सम्पर्क मञ्च र प्रदेशस्तरीय कमिटी भएका हरेका विभिन्न जनवर्गीय संगठन तथा आयोजक कमिटीबाट गरेर २०० जना प्रतिनिधि चयन भएका छन्।
यसरी छनोट भएका प्रतिनिधिहरूमा समावेशीतर्फ महिला, दलित, जनजाति र अन्यबाट समेटिएका छन्।

अधिवेशनमा अध्यक्ष नेपालसहित वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे, उपाध्यक्ष प्रकाश ज्वाला लगायतका नेताहरू सहभागी भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad