वीरेन्द्रनगरमा अटो दुर्घटनामा परेको छ। बिहीबार साँझ करिब ७ बजेको समयमा सुर्खेत–जुम्ला सडक अन्तर्गत मङ्गलगढी चोक नजिक उक्त दुर्घटना भएको हो।
एरिचोकदेखि मङ्गलगढीतर्फ जाँदै गरेको भे १ ह ६८९ नम्बरको अटो दुर्घटनामा परेको हो।
वीरेन्द्रनगर नगरपालिका ३ का ३३ वर्षीय दिपक सुनारले चलाएको अटो दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी डीएसपी वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिए।
डीएसपी विश्वकर्माका अनुसार अटो अनियन्त्रित भएर पल्टिन पुगेको हो।
दुर्घटना हुँदा अटोमा सवार वीरेन्द्रनगर नगरपालिका ९ का ३५ वर्षका भक्तबहादुर कामी घाइते भएका छन्। उनको टाउकोमा चोट लागेको कारण अवस्था गम्भीर रहेको प्रहरीको भनाइ छ।
तीव्र गतिका कारण सडक बीचको डिभाइडरमा ठोक्किन गई अटो दुर्घटना भएको प्रत्यक्षदर्शीको भनाइ छ।
Shares

प्रतिक्रिया