नेपाली सेनाले नौ महिने आधारभूत सैन्य तालिम पुरा गरेका ९७ महिला सैन्यलाई सिपाहीमा दीक्षित गरेको छ।
उत्तर पश्चिम पृतना हेडक्वाटर सुर्खेतमा सञ्चालित सिसं ३ सैन्य आधार तालिमको अन्तिम दलेल कवाज समारोहमा पृतनापती उपरथी अनुपजंग थापाले दीक्षित गरेका हुन्।
दीक्षित भएका सैन्यहरूले देश र जनताका नाममा सपथ लिएका थिए।
दिक्षान्त समारोहमा बोल्दै पृतनापती थापाले सैन्यहरुलाई विधिवद्रुपमा नेपाली सेनामा स्वागत गर्दै कर्तव्यनिष्ट रहेर देशको सेवामा खटिन निर्देशन दिए।
प्रविधिसँगै थपिएको सुरक्षा चुनौती र नेपालको भौगोलिक अवस्था अनुसार विकास गरिएको पाठ्यक्रममा आधारित सैन्य तालिम प्रदान गरिएको उल्लेख गर्दै थापाले दृढ संकल्पका साथ राष्ट्र सेवामा समर्पित हुन आग्रह गरे।
सेनाको मूल्य, मान्यता र परम्परालाई पालन गर्दै जस्तोसुकै परिस्थितिमा पनि राष्ट्र, जनता र नेपाली सेनाप्रतिको जिम्मेवारी पूरा गर्नुपर्ने बताए।
उनले नेपाली सेनाको गरिमा र स्थापनाको महत्व बुझेर मातृभूमिको रक्षाका लागि हरदम तयार रहन समेत अनुरोध गरे।
उक्त समारोहमा तालिमका क्रममा उत्कृष्टता हासिल गरेका पाँच महिला सैन्यलाई पुरस्कृतसमेत गरिएको थियो।
Shares

प्रतिक्रिया