ad ad

कर्णाली


कर्णाली प्रदेश अस्पतालमा सुत्केरीको मृत्यु, आफन्तहरू आन्दोलित

कर्णाली प्रदेश अस्पतालमा सुत्केरीको मृत्यु, आफन्तहरू आन्दोलित

दिनेश बुढा
असोज ७, २०८१ सोमबार १३:९, सुर्खेत

कर्णाली प्रदेश अस्पताल कालगाउँ एक जना सुत्केरीको मृत्यु भएको छ। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका ४ मा रहेको प्रदेश अस्पतालमा सुत्केरीको मृत्यु भएको हो।

वीरेन्द्रनगर नगरपालिका–६ बस्ने १८ वर्षीया सुत्केरी शर्मिला सुनारको मृत्यु भएपछि आफन्तहरू आन्दोलित भएका छन्।

शर्मिलाका आफन्तहरू बिहानैदेखि अस्पताल परिसरमा आन्दोलन गरिरहेका छन्। चिकित्सकको लापरबाहीका कारण शर्मिलाको मृत्यु भएको आफन्तहरूको आरोप छ।

डाक्टरले सामान्य अवस्था भनिरहेका बेला एक्कासी सोमबार बिहान साढे ३ बजे मृत्युको खबर दिएको आफन्तहरूको भनाइ छ।

यस्तै, सुत्केरीको मृत्युको खबर दिनुअघि अस्पतालबाट प्रहरी बोलाइएको, घटना रोक्न प्रहरी परिचालन गरिएको भन्दै उनिहरुले अप्रेसनमा सहभागी डाक्टरहरूलाई कारबाहीको माग गरेका छन्। 

पीडितहरूले आन्दोलन गरेपछि प्रदेश अस्पतालमा एक सयभन्दा बढी प्रहरी परिचालन गरिएको छ। 

शर्मिलालाई सुत्केरी व्यथा लागेपछि आइतबार दिउँसो प्रदेश अस्पतालमा पुगेकी थिइन्। अस्पताल प्रशासनका अनुसार शर्मिलालाई अस्पताल भर्ना गर्दा ज्वरो आएको थियो।

प्रदेश अस्पताल सुर्खेतका सूचना अधिकारी विनोद बस्नेतले सुत्केरीको उपचारको क्रममा सोमबार बिहान ३ बजेदेखि ४ बजेको समयमा मृत्यु भएको नेपालखबरलाई जानकारी दिए। 

‘सुत्केरीलाई हल्का ज्वरो आइरहेको रहेछ। आइतबार दिउँसो अस्पताल भर्ना भएर सुत्केरी भएपछि रक्तस्राव बढी भयो। बच्चाको धड्कन चलेको थिएन्। बच्चा मृत जन्मिएको थियो,’ उनले भने।

यस्तै, बस्नेतले सुत्केरीलाई धेरै रक्तस्राव भएका कारण बेहोस भएपछि आईसीयूमा राखेर उपचार गरिरहेको बेला उपचारकै क्रममा मृत्यु भएको बताए।

यस्तै, शर्मिलालाई अस्पताल भर्ना गरेपछि बच्चा नचलेको र राती मृत बच्चा जन्मेको अस्पताल प्रशासनले जनाएको छ।

यता प्रशासनले अहिले सुत्केरीका आफन्तहरू र अस्पताल प्रशासन छलफल रहेको जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .