ad ad

कर्णाली


अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा

अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा

नेपालखबर
भदौ २३, २०८१ आइतबार १५:५७, सुर्खेत

अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा आएको छ। आइतबार बिहानदेखि अवरद्ध कर्णाली राजमार्ग सञ्चालनमा आएको छ।

सडक डिभिजन कार्यालय जुम्लाका अनुसार राजमार्ग दिउँसो साढे २ बजेबाट सञ्चालनमा आको हो।
 
आइतबार बिहान ५ बजेदेखि सडक खुलाउने कार्य सुरु भएको थियो। बिहान ५ बजेदेखि दिउँसो २ बजेसम्म पहिरो हटाएपछि करिब ९ घण्टामा राजमार्ग सञ्चालनमा आएको छ।

गएराति अविरल बर्षाका कारण आएको पहिरोले कालिकोटको गगनेखोला र यसमोडमा पहिरो खसेर सडक अवरुद्ध बनाएको थियो।

पहिरो हटाएपछि रोकिएका मुगु, जुम्ला, बाजुरा, कालिकोटबाट सुर्खेतका लागि छुटेका सवारीहरू आवतजावत भएका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .