ad ad

कारोबार


प्राधिकरण सञ्चालक समितिले ६ उद्योगको लाइन जोड्ने निर्णय दिन सकेन, फेरि बैठक बस्दै

प्राधिकरण सञ्चालक समितिले ६ उद्योगको लाइन जोड्ने निर्णय दिन सकेन, फेरि बैठक बस्दै

नेपालखबर
साउन ७, २०८१ सोमबार ११:२४, काठमाडौँ

नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठक फेरि बस्ने भएको छ। 

आज बिहान बसेको बैठकमा काटिएका छ उद्योगको विद्युत् जोड्नेबारे कुनै निर्णय नभएपछि फेरि अर्को बैठक बस्ने भएको हो। 

‘अहिले बैठक सकिएको छ, कार्यकारी निर्देशकले फेरि केही प्रस्ताव ल्याएर बस्ने निर्णय भएको छ’, सञ्चालक समिति सदस्य कपिल आचार्यले नेपालखबरसँग भने। 

छलफल गरेर कार्यकारी निर्देशक घिसिङले कोअर्डिनेसन गर्ने कुरा भएको उनले बताए। अब प्रस्ताव तयार गर्ने र निर्णयको व्यहोरा मिलाइने उनले जानकारी दिए। 

ऊर्जा सिँचाइ तथा जलस्रोतमन्त्री दीपक खड्काको सचिवालयले पनि बिहान बसेको बैठकले लाइन जोड्नेबारे निर्णय लिन नसकेपछि फेरि बैठक बस्नलागेको जनाएको छ। 

अर्का सञ्चालक समिति सदस्य भक्तबहादुर पुनले लाइन जोड्नेबारे व्यापक छलफल भएको र समाधानउन्मुख भएको बताए। 

उनले भने, ‘बिहानको बैठकमा काटिएका उद्योगको लाइन जोड्नेबारे व्यापक छलफल भयो। छलफल समाधानउन्मुख नै भएको छ। अर्को बैठक बसेर टुंग्याइने कुरा भएको छ।’

प्राधिकरणले असार २५ र २७ गते रिलाइन्स स्पिनिङ मिल्स, अर्घाखाँची सिमेन्ट, घोराही सिमेन्ट, जगदम्बा स्टिल, जगदम्बा सेन्थेटिक र हुलास स्टिल गरी ६ वटा उद्योगको लाइन काटिदिएको थियो।  

सोसँगै यही साउन ४ गते प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यकारी निर्देशक घिसिङलाई तत्काल काटिएका उद्योगको बिजुली जोड्न निर्देशन दिएका थिए।

प्रधानमन्त्रीको निर्देशनलगत्तै बसेको सञ्चालक समितिको बैठकले लिखित निर्देशन नआएको भन्दै लाइन जोड्न नमानेपछि आइतबार विद्युत् नियमन आयोगले प्राधिकरणलाई उद्योगको लाइन जोड्न पत्र पठाएको थियो। सो पत्रसँगै सोमबार सञ्चालक समितिको बैठक बसेको हो। 

आइतबार संसदमा समेत प्रधानमन्त्री ओलीले बिजुली तत्काल जोडेर समस्याको समाधान गर्नुपर्ने बताएका थिए। प्रधानमन्त्री ओलीसँगै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पनि उद्योगीसँग प्राधिकरणले विना प्रमाण महशुल तिराउन नसक्ने बताउँदै आएका छन्।

उद्योगी र प्राधिकरणबीच लामो समयदेखि डेडिकेटेड र ट्रंकलाइनबाट बिजुली उपभोग गरेको शुल्कबारे विवाद हुँदै आएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .