ad ad

कर्णाली


भेरीमा बेपत्ता भएका दुवैको शव निकालियो

भेरीमा बेपत्ता भएका दुवैको शव निकालियो

नेपालखबर
असार २, २०८१ आइतबार १३:२१, काठमाडौँ

सुर्खेत जिल्लाको वीरेन्द्रनगर नगरपालिका–२ स्थित भेरी नदिमा बेपत्ता भएका दुवै जनाको शव सशस्त्र प्रहरीको गोताखोरले निकालेको छ।

असार १ गते शनिबार नुहाउने क्रममा भूपेन्द्र के.सी. र विनोद के.सी. भेरी नदीमा बेपत्ता भएका उनीहरूको शव फेला पारेको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले बताए। 

सशस्त्र प्रहरी बल नेपाल नं. ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतबाट सशस्त्र प्रहरी सहायक निरीक्षक रमेश बहादुर थापाको कमाण्डमा १० जनाको गोताखोर टोली खटिएको थियो।

सोही टोलीले आइतबार १२ः३५ बजे भूपेन्द्र के.सीको र १२ः४० बजे विनोद के.सीको शव ३० फिट गहिराईबाट निकालिएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .