ad ad

कर्णाली


भेरी नदीमा पौडी खेल्ने क्रममा डुबेर दुई जना बेपत्ता

भेरी नदीमा पौडी खेल्ने क्रममा डुबेर दुई जना बेपत्ता

नेपालखबर
असार १, २०८१ शनिबार १८:५४, काठमाडौँ

पौडी खेल्ने क्रममा भेरी नदीमा डुबेर दुई जना बेपत्ता भएका छ। आज (शनिबार) दिउँसो ३:४५ बजेको समयमा वीरेन्द्रनगर–२ चोक्टेस्थित भेरी नदीमा नुहाउने क्रममा डुबेर दुई जना बेपत्ता भएका हुन्।

बेपत्ता हुनेमा कालिकोट घर भई हाल सुर्खेत वीरेन्द्रनगर–७ खजुरा बस्ने वर्ष १९ का विनोद केसी र सोही ठाउँ बस्ने वर्ष १६ का को भूपेन्द्र के।सी रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक रुपेश खड्काले जानकारी दिए।

उनका अनुसार अत्यधिक गर्मी भएपछि उनीहरू पौडी खेल्न गएका थिए। 

पौडी खेल्ने क्रममा डुबी बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ उक्त स्थानमा प्रहरी चौकी रानीघाटबाट प्रहरी सहायक निरीक्षक जसपाल बुढाथोकीको कमाण्डमा ४ जनाको प्रहरी टोली खटिएर खोजी कार्य गरिरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .