कर्णाली


खुला चौरमा पढ्न बाध्य भूकम्पपीडित विद्यार्थीलाई अस्थायी संरचना बनाउँदै अनेरास्ववियु

खुला चौरमा पढ्न बाध्य भूकम्पपीडित विद्यार्थीलाई अस्थायी संरचना बनाउँदै अनेरास्ववियु

नेपालखबर
मंसिर ११, २०८० सोमबार २१:१३, काठमाडौँ

नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) भूकम्प प्रभावित विद्यार्थीहरूका लागि अस्थायी संरचना बनाउन थालेको छ। 

जाजरकोट भूकम्पमा परी विद्यालयमा क्षति पुगेपछि विद्यार्थीहरू खुला चौरमा पढ्न बाध्य छन्। 

भूकम्पले ध्वस्त बनाएका संरचना पन्छाउने र नयाँ अस्थायी संरचना बनाउने काममा अनेरास्ववियुका स्वंयसेवकहरू लागेका हुन्।

अनेरास्ववियु केन्द्रीय उपाध्यक्ष नारायण घर्ती नेतृत्वमा खटिएका विद्यार्थी स्वयंसेवक टोलीले रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाको–१४ मा अस्थायी संरचना बनाउन लागेको हो।

श्री आदर्श माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि अस्थायी टहरा निर्माणको काममा स्वयंसेवकहरू जुटेका छन्। स्वयंसेवकहरूले आठवटा अस्थायी टहरा निर्माण कार्य करिब सकेका छन्।  

निर्माण कार्य सम्पन्न गरेर ती टहरा विद्यालयलाई हस्तान्तरण गरेका छन् स्वयंसेवक टोलीले जानकारी दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .