कर्णाली


रुकुमपश्चिममा बसबाट झर्दैगर्दा लडेर एक जनाको मृत्यु, चालक फरार

रुकुमपश्चिममा बसबाट झर्दैगर्दा लडेर एक जनाको मृत्यु, चालक फरार

नेपालखबर
मंसिर ८, २०८० शुक्रबार २१:२८, काठमाडौँ

रुकुमपश्चिममा बसबाट झर्दै गर्दा लडेर एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। रुकुमपश्चिको आठबिसकोट नगरपालिका–११ चिसापानीस्थित राडि बजारदेखि नेपालगन्ज जाँदै गरेको बसबाट ओर्लिदैँ गर्दा लडेर तीन जना घाइते भएका थिए। 

जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमा अनुसार शुक्रबार साँझ साढे ६ बजेको समयमा ना ३ ख ५२०७ नम्बरको बसबाट यात्रुलाई झार्दै गर्दा लडेर तीन जना यात्रु घाइते भएका हुन्। 

घाइते हुनेहरूमा रुकुमपश्चिमको आठबिसकोट नगरपालिका–११ बस्ने अन्दाजी ३८ वर्षीया गणेश दमाई, वडा नम्बर १४ बस्ने १९ वर्षीया भावना  चन्द र वडा नम्बर १४ बस्ने १९ वर्षीया राजेन्द्र पोखरेल रहेका छन्।

घाइतेमध्ये गणेश दमाईको आठबिसकोट नगर अस्पताल राडीमा उपचारको क्रममा शुक्रबार साँझ ८ बजेर १० मिनेटको समयमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमा प्रहरी निरीक्षक तथा सूचना अधिकारी विष्णु श्रेष्ठले जानकारी दिए। 

उनले भने, ‘बसका कर्मचारीहरुले बसबाट झार्दाखेरि लडेर तीन जना यात्रु घाइते भएछन्। यात्रुलाई बसबाट झार्दाखेरि तीन जनालाई घाइते बनाएर बस करिब ३ किलोमिटर अगाडी आठबिसकोट नगरपालिका–११ रिठ्ठा पुगेको रहेछ। त्यहाँ स्थानीयहरुले बसलाई रोकेर राखेका थिए।’

अहिले बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ। चालक र सह–चालक भने फरार छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .