ad ad

कर्णाली


भेरी नगर प्रमुख भन्छन्– त्रिपाल र कम्बल वितरण सकियो, अब टहरा बनाउने

‘राहत वितरणमा राजनीति हुन खोजेको थियो, रोक्यौं’
भेरी नगर प्रमुख भन्छन्– त्रिपाल र कम्बल वितरण सकियो, अब टहरा बनाउने

नेपालखबर
कात्तिक ३०, २०८० बिहिबार १७:१९, काठमाडौँ

भूकम्पबाट प्रभावित जाजरकोटको भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकाश घर्तीले त्रिपाल र कम्बल वितरण सकाएको दाबी गरेका छन्।

बिहीबार भूकम्पले क्षतिग्रस्त भएको घर पन्छाउन थालेको उनले बताए।

जाजरकोटका लागि लगिएको राहत अन्यत्र लगेको भन्ने चर्चाबारे जिज्ञासा राख्दा उनले राहतमा कुनै भेदभाव नभएको जिकिर गरे।

‘प्रारम्भिक चरणमा यहाँ राहत वितरणमा केही राजनीति हुन खोजेपनि हामीले खबरदारी गर्‍यौँ अनि रोकियो र पुरै पीडितले पाएका छन्,’ घर्तीले नेपालखबरसँग भने, ‘हाम्रो भेरी नगरपालिकामा पहिलो चरणको त्रिपाल र कम्बल वितरण सकियो। आजदेखि टहरा निर्माणको लागि भत्केका घरका संरचना हटाउन सुरु गरेका छौँ।’

रेकर्ड नै नराखी राहत वितरण हुन खोजेपनि त्ययसलाई सच्याउन सफल भएको भेरी नगरपालिकाका प्रमुख घर्तीले बताए। 

उनका अनुसार खाद्यान्न वितरणमा भने अझै समस्या छ।

‘खाद्यान्नको सबै वडाबाट माग आएको छ। पूर्णरुपमा घर क्षति भएको परिवारलाई खाद्यान्न सहयोग गर्ने हो, तर यहाँ कम क्षति भएका समेत खाद्यान्न माग्न आउँछन्,’ उनले थपे, ‘सबैलाई दिन सकिदैँन, यो त विकृति भयो।’

‘घर पुरै भत्केर अन्न केही नभएकालाई राहत दिने हो, आंशिक क्षति पुगेकालाई दिने होइन तर, यसमै चित्तबुझाउन सकिएको छैन।’

भूकम्पबाट भेरी नगरपालिकामा मात्र ४५ जनाको मृत्यु भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .