जाजरकोटको भेरी नगरपालिकाले राहत सामग्री वितरण कार्य स्थगन गरेको छ।
नगरपालिकाले सूचना जारी गर्दै राहत सामाग्री वितरण कार्य स्थगन गरेको हो।
गत कार्तिक १७ गते राति गएको भुकम्पबाट जिल्लामा ठूलो धनजनको क्षति भई प्रभावित परिवारहरूलाई राहत वितरण गर्दै आएकोमा तथ्यांकहरूको एकिन गर्ने भन्दै वितरण कार्य स्थगन गरिएको छ।
साथै राहत अपुग भएका अति संवेदनशील गर्भवती तथा सुत्केरी महिला र दिर्घरोगीहरूले आफ्नो बिरामी पहिचान गर्ने सम्बन्धित अस्पतालको बिरामी पुर्जी वा पहिचान खुल्ने प्रमाण र सम्बन्धित वडा कार्यालयको सिफारिससहित निवेदनका साथ मात्र कार्यालयमा सम्पर्क राख्न र अन्य राहत प्राप्तिका विषयमा जानकारी लिन आ–आफ्नो सम्बन्धित वडा कार्यालयमा सम्पर्क राख्न समेत अनुरोध गरेको छ।
कात्तिक २७, २०८०, साेमबार
39
Shares
प्रतिक्रिया