ad ad

कर्णाली


कर्णाली सरकारले पठायो भूकम्प प्रभावित पालिकाहरूलाई अढाई करोड

कर्णाली सरकारले पठायो भूकम्प प्रभावित पालिकाहरूलाई अढाई करोड

नेपालखबर
कात्तिक २२, २०८० बुधबार ९:४७, सुर्खेत

कर्णाली प्रदेश सरकाले भूकम्प प्रभावित जिल्लाका पालिकाहरुलाई राहतस्वरुप झन्डै अढाई करोड रुपैयाँ पठाएको छ। प्रदेश सरकारले मंगलबार जाजरकोट,‌ रुकुमपश्चिम र सल्यानका गरी १६ वटा पालिकालाई २ करोड ४५ लाख रकम पठाएको हो। 

कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीका अनुसार भूकम्प प्रभावित नागरिकहरुलाई राहत सामग्री खरिद तथा वितरण र उद्धारका लागि उक्त रकम पठाइएको हो। 

कानुन मन्त्रालयका अनुसार जाजरकोट जिल्लाका ७ वटा स्थानीय तहमा गरी एक करोड २० लाख, रुकुमपश्चिका भूकम्प प्रभावित ६ वटा स्थानीय तहमा एक करोड र सल्यान जिल्लाका तीनवटा स्थानीय तहका २५ लाख रकम वित्तीय हस्तान्तरणका रुपमा पठाइएको छ।

भूकम्पबाट सबैभन्दा बढी प्रभावित पालिकाहरु जाजरकोटको भेरी नगरपालिकामा २५ लाख, नलगाड नगरपालिकामा २५ लाख, बारेकोट गाउँपालिकामा २५ लाख, कुशे गाउँपालिकामा २० लाख, छेडागाड नगरपालिकामा १० लाख र शिवालय गाउँपालिकामा ५ लाख रकम रहेको छ। 

यस्तै, रुकुमपश्चिमको आठबिसकोट नगरपालिकालाई २५ लाख, सानोभेरी गाउँपालिकालाई २५ लाख, चौरजहारी नगरपालिकालाई २० लाख र त्रिवेणी गाउँपालिकालाई २० लाख रकम पठाइएको छ ।

भूकम्पबाट प्रभावित सल्यानका तीन पालिकाहरु दार्मा गाउँपालिकामा १५ लाख, वनगाड र बागचौर नगरपालिकालाई ५ लाखका दरमा रकम पठाइएको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .