जिल्लाको वीरेन्द्रनगर नगरपालिकाले जाजरकोटका गएको भूकम्प प्रभावितलाई २६ लाख रकम सहयोग गर्ने भएको छ। कर्णाली प्रदेशको राजधानी समेत रहेको वीरेन्द्रनगर नगरपालिकाले २६ लाख रकम सहयोग गर्ने भएको हो।
मंगलबार ९कार्तिक २१० गते बसेको वीरेन्द्रनगर नगर कार्यपालिकाको बैठकले नगरपालिकाको १६ वटै वडाको वडा विपद कोषबाट एक÷एक लाख १६ लाख र नगरपालिकाकोतर्फबाट १० लाख गरि जम्मा २६ लाख सहयोग गर्ने निर्णय गरेको हो।
नगरप्रमुख मोहनमाया ढकालले विपद् कोषमा भएको रकम मध्ये पालिकाभित्रका १६ वटा वडा र नगरपालिकाले गरि जम्मा २६ लाख रुपैयाँ भूकम्प प्रभावितहरुको पुनर्स्थापना कोषमा सहयोग जानकारी दिइन्।
साथै वीरेन्द्रनगर नगरपालिकाले भूकम्प पीडित परिवारका बालबालिकाहरु वीरेन्द्रनगरको सामुदायिक विद्यालयमा अध्यनरत भएकाहरुलाई र यस नगरपालिका भित्र अध्ययन गर्न चाहानेकालागी नगर शिक्षा विकास कोषमार्फत निःशुल्क अध्ययन ब्यवस्थापन गर्ने भएको छ।
Shares
प्रतिक्रिया