जाजरकोटको रामीडाँडा केन्द्र भएर गएराति गएको भूकम्पमा परी रुकुमपश्चिममा मृत्यु भएका ३६ जनामध्ये २७ मृतकको पहिचान खुलेको छ।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले उपलब्ध गराएको विवरणमा पहिचान भएका २७ मृतकमध्ये १९ जना बालबालिका छन्।
मृतक बालबालिकामा सानीभेरी गाउँपालिका–२ का १२ वर्षिय मनिषा परियार, आठ वर्षीय यमराज पुन, दुई वर्षीय सितम पुन, १० महिने बालक रेजन वली छन्। यस्तै भूकम्पमा परी सोही गाउँपालिका–४ का ८ वर्षीय निर्जल चन्दको मृत्यु भएको छ।
आठबीसकोट नगरपालिका–११ गौरी गाउँका १८ महिनाकी एलिसा कामी, ४ वर्षीया आशा कामी, ६ वर्षीया दिया कामी, ९ वर्षीया रिया कामी, १३ वर्षीया सिर्जना कामीको भूकम्पमा परी ज्यान गएको छ।
यस्तै सोही नगरपालिका वडा नम्बर १२ का १४ वर्षीय रमेश पुन, १३ वर्षीय दिलबहादुर केसी, वडा नम्बर १४ का ३ वर्षीय वासु बुढा, ५ वर्षीया भावना जैसी, २ वर्षीय दिपेन जैसी, १३ वर्षीया सरिता विक र १३ वर्षीय मदन गौतमको पनि भूकम्पमा मृत्यु भएको छ।
हेर्नुहोस् मृतक तथा घाइतेको नामावली–
Shares
प्रतिक्रिया