ad ad

कर्णाली


होस्टेलमा ८ वर्षीय बालक झुन्डिएको अवस्थामा मृत भेटिए, विद्यालय परिसर तनावग्रस्त

होस्टेलमा ८ वर्षीय बालक झुन्डिएको अवस्थामा मृत भेटिए, विद्यालय परिसर तनावग्रस्त

बालकको मृत्युपछि उषा बालवाटिका विद्यालयमा आगजनी र तोडफोड।


दिनेश बुढा
असोज १३, २०८० शनिबार १२:२३, सुर्खेत

वीरेन्द्रनगर नगरपालिका-६ मा रहेकाे उषा बालवाटिका विद्यालयकाे हाेस्टेलमा बस्ने बालक मृत भेटिएका छन्। 

वीरेन्द्रनगर-६ घण्टाघर नजिक रहेकाे उषा बालबाटिका सेकेन्डरी स्कुलकाे हाेस्टेलमा ८ वर्षीय बालक मृत भेटिएका हुन्।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार मृत भेटिएका बालक दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिका- १ का सलाम पुलामी मगर हुन्।

उनी साेही विद्यालयमा कक्षा २ मा पढ्थे।

प्रहरीका अनुसार शुक्रबार अपराह्न करिब ४ बजे बालक होस्टेलमा झुन्डिएको अवस्थामा मृत फेला परेका हुन्।

बालकको शव‌ अहिलेसम्म उठाइएकाे छैन। आफन्तहरुले घटना शंकास्पद रहेकाे भन्दै लास उठाउन दिएका छैनन्।

आफन्तहरू आक्राेशित आन्दाेलन गरेपछि उक्त क्षेत्रकाे अवस्था तनावग्रस्त बनेकाे छ।

आफन्तहरूले विद्यालयमा ताेडफाेड तथा आगजनी गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .