ad ad

कर्णाली


एमाले कर्णाली प्रदेश अधिवेशन सुरु, ओलीले गरे उद्घाटन

एमाले कर्णाली प्रदेश अधिवेशन सुरु, ओलीले गरे उद्घाटन

नेपालखबर
असोज १०, २०८० बुधबार १५:४०, सुर्खेत

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रथम कर्णाली प्रदेश अधिवेशनको उद्घाटन गरेका छन्।

बुधबारदेखि वीरेन्द्रनगरमा सुरु भएको अधिवेशन उद्घाटनको समय दिउँसो १ बजेलाई तय गरिएको भएपनि अध्यक्ष ओली निर्धारित समयमा पुग्न नसकेपछि ३ बजेलाई सारिएको थियो।

अधिवेशनलाई महासचिव शंकर पोखरेल, सचिव तथा कर्णाली प्रदेश इन्चार्ज लेखराज भट्टलगायतका नेताहरूले सम्बोधन गर्ने कार्यतालिका रहेको छ।

अधिवेशनमा १० जिल्ला र मोर्चा संगठनबाट ६०४ जना प्रतिनिधिले भाग लिनेछन्। जसमा एक सय ९५ जना महिला र चार सय सात जना पुरुष रहनेछन्। एमालेले छानेका प्रतिनिधिमा ७३ जना पुरुष र ३८ महिला गरी एक सय ११ जनाको दलित प्रतिनिधित्व रहनेछ।

दुई दिनसम्म चल्ने अधिवेशनले पार्टीको राजनीतिक, सांगठानिक र आर्थिक प्रतिवेदन पारित गर्नेछ भने पाँच जना पदाधिकारीसहित १ सय ३५ सदस्यीय प्रदेश कमिटी निर्वाचित गर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .