ad ad

कर्णाली


भीरमा घाँस काटिरहेका बेला टेकेको जमिन नै भासिएर पहिरो जाँदा २ जनाको मृत्यु

भीरमा घाँस काटिरहेका बेला टेकेको जमिन नै भासिएर पहिरो जाँदा २ जनाको मृत्यु

फाइल फाेटाे


नेपालखबर
साउन १४, २०८० आइतबार २०:२९, रुकुम (पश्चिम)

रुकुम पश्चिममा पहिरो खस्दा दुईजनाको मृत्यु भएको छ। जिल्लाको बाँफिकोट गाउँपालिका–७ बाँसथलास्थित पोखरापरी भिरमा घाँस काट्न गएका दुईजनाको पहिरो खस्दा मृत्यु भएको हो। 

पहिरोमा परी एकजना घाइते भएका छन्। आज दिउँसो पौने ३ बजे घाँस काट्न गएका बाँफिकोट गाउँपालिका–७ की ५४ वर्षीया धनमाया खत्री र सोही ठाँउका ४४ वर्षीय कालिबहादुर खड्काको पहिरोमा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक नमराज भट्टराईले जानकारी दिए। उनीहरुको घटनास्थलमै मृत्य भएको हो। 

त्यस्तै बाँफिकोट–७ कै ४२ वर्षीया बलकुमारी खत्री घाइते भएकी छन्। खत्रीलाई उपचारका लागि अस्पताल पठाइएको प्रनाउ भट्टराईले बताए। घाँस काट्ने क्रममा टेकेको ठाउँ भासिएर तीनजना पहिरोसँगै खसेको उनको भनाइ छ। तीनैजना करिब पाँच सय मिटर तल खसेको र ढुङ्गाले च्यापिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .