कर्णाली


सत्ता गठबन्धनले अर्थतन्त्र ध्वस्त पार्‍यो : मन्त्री शाह

सत्ता गठबन्धनले अर्थतन्त्र ध्वस्त पार्‍यो : मन्त्री शाह

नेपालखबर
चैत २३, २०७९ बिहिबार १७:५३, सुर्खेत

कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री विनोदकुमार शाहले केन्द्रमा बनेको गठनबन्धनले देशको अर्थतन्त्रलाई ध्वस्त पारेको टिप्पणी गरेका छन्।

बिहीबार नेपाल उद्योग तथा व्यवसायी महासंघ कर्णाली प्रदेश कमिटीको भेलालाई सम्बोधन गर्दै उनले गठनबन्धनले नेपाललाई दोहन गरेकोले अर्थतन्त्र ध्वस्त पारेको बताएका हुन्।

मन्त्री शाहले अब सबैले आफू भएको ठाउँबाटै व्यवसाय गर्नुपर्ने बताए। नेपाल उद्योग तथा व्यवसायी महासंघले अगाडि सारेका उदेश्य अनुसार काम गर्न पनि व्यवसायीलाई सुझाव दिए।  

साथै, मन्त्री शाहले स्वदेशी उत्पादनलाई निर्यात गरेर आयातमा रोक लगाउनु पर्ने बताए। 

उनले भने, ‘नेकपा एमाले जबजको जगमा बसेर अगाडि बढेको छ। राष्ट्रिय पुँजीको निर्माण नभएसम्म समाजवादको नाराको औचित्य छैन।’

संघका महासचिव भागिरथ सुवेदीले बैंकका कर्मचारीहरु सबै जोडघटाउनु गर्ने मात्रै गर्ने र प्रयोगात्मक आर्थिक बुझ्ने व्यवसायी नै रहेको दाबी गरे। उनले तथ्यांक भन्दा आर्थिक अवस्था फरक भएकाले त्यसको सन्तुलन मिलाउन पनि संगठन आवश्यक रहेको बताए।

यस्तै, नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष अमृत बिसीले व्यवसायीहरु उत्पादनमुखी र ग्रहाकमुखी हुनुपर्ने बताए। उनले अरुले उत्पादन गरेका कुराको व्यवसाय गर्ने प्रविधिसँगै आयातलाई घटाउँदै, देशमै उत्पादन बढाएर निर्यात गर्नुपर्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad