कर्णाली


योगेश भन्छन् : अब माओवादी फर्केर आउँदैन, त्यसैले प्रधानमन्त्रीका लागि मरिहत्ते

योगेश भन्छन् : अब माओवादी फर्केर आउँदैन, त्यसैले प्रधानमन्त्रीका लागि मरिहत्ते

नेपालखबर
चैत २१, २०७९ मंगलबार १६:४३, सुर्खेत

नेकपा एमालेका सचिव योगेश भट्टराईले माओवादी अब फर्केर संसदमा आउन नसक्ने टिप्पणी गरेका छन्। 

एमाले दैलेखको ठाटीकाँध गाउँपालिका कमिटीले गरेको मिसन ग्रासरूट कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो टिप्पणी गरेका हुन्। 

उनले नेकपा माओवादी केन्द्र हिजो जस्तो फर्केर आउन नसक्ने बताए। 

उनले भने, ‘हिजो नेकपा माओवादी केन्द्र बाढीको भल जस्तै थियो। हामीले देखेका थियौं। आज त्यो भल सुक्दै गएको छ। फर्केर बाढी आउनेवाला छैन। त्यसैले अहिले यता र उता हाम फाल्नु परेको छ।’

भट्टराईले केही नेताले पदका लागि जतिबेला जहाँ पनि हामफाल्ने गरेको बताए।

उनले भने, ‘जसरी भए पनि प्रधानमन्त्री बन्ने। किन भने अर्को पटक प्रधानमन्त्रीमा आउन सकिँदैन नि। तर, एमालेले यस्तो बल गर्दैन। किन गर्दैन भन्दा एमाले जतिबेला पनि आउन सक्छ नि’ एमालेको त जति पनि सत्तामा आउने बाटो छ।’

भट्टराईले सरकार लुते र कमजोर भएकाले देशको अर्थतन्त्रमा आएको समस्या समाधानमा सकस देखिएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .