ad ad

कर्णाली


मुद्दा नपरेका क्याम्पसमा चैत ५ गते स्ववियु निर्वाचन गर्न मध्यपश्चिम विश्वविद्यालयको निर्देशन

मुद्दा नपरेका क्याम्पसमा चैत ५ गते स्ववियु निर्वाचन गर्न मध्यपश्चिम विश्वविद्यालयको निर्देशन

नेपालखबर
चैत ३, २०७९ शुक्रबार १५:४७, सुर्खेत

मध्यपश्चिम विश्वविद्यालयले अदालतमा मुद्दा नपरेका क्याम्पसहरुमा यही चैत ५ गते स्वतन्त्र विद्यार्थी युुनियनको निर्वाचन गर्ने निर्णय गरेको छ।

शुक्रबार बसेको मध्यपश्चिम विश्वविद्यालय कार्यकारी परिषदको बैठकले अदालतमा मुद्दा नपरेका आंगिक क्याम्पसहरुमा निर्वाचन गर्ने निर्णय गरेको हो। 
 
चैत ३ गते अर्थात् आज शुक्रबार मध्यपश्चिम विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गर्ने भनेको थियो। तर, उच्च अदालत सुर्खेतले निर्वाचन रोक्न आदेश जारी गरेसँगै चैत २ गते बसेको विश्वविद्यालयको बैठकले स्ववियु निर्वाचन स्थगित गर्ने निर्णय गरेको थियो।  

तर, शुक्रबार बसेको बैठकले अदालतमा मुद्दा परी स्थगित गरिएका स्थानमा बाहेक अन्य सम्पूर्ण आंगिक क्याम्पसका क्याम्पस प्रमुखहरुको प्रतिवद्धता बमोजिम र शैक्षिक क्यालेन्डरलाई समेत मध्यनजर गर्दै चैत ५ गते विश्वविद्यालयमा स्ववियुको निर्वाचन सम्पन्न गर्न र गराउन सबैलाई जानकारी सँगै निर्देशन गर्ने निर्णय गरेको छ।

यसअघि मंगलबार विश्वविद्यालय अन्तर्गतको  ‘स्कुल अफ मेनेजमेन्ट’ (मुसोम) का विद्यार्थीले मतदानबाट वञ्चित गराइएको भन्दै उच्च अदालतमा रिट दायर गरेका थिए। 

उच्च अदालत सुर्खेतले अर्को आदेश नहुने बेलासम्मका लागि भन्दै बुधबार स्ववियु निर्वाचन स्थगित गर्न आदेश जारी गरेको थियो। चैत्र ८ गते दुवै पक्षलाइ उच्च अदालत सुर्खेतमा ऊपस्थित हुन पनि आदेश जारी गरेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .