ad ad

राजनीति


उपराष्ट्रपति निर्वाचन : मतगणना थालियो, केहीबेरमा नतिजा आउने

उपराष्ट्रपति निर्वाचन : मतगणना थालियो, केहीबेरमा नतिजा आउने

संसद भवनमा उपराष्ट्रपतिको मत गनिँदै। तस्बिर : सरोज बैजु/नेपालखबर


नेपालखबर
चैत ३, २०७९ शुक्रबार १५:५१, काठमाडौँ

उपराष्ट्रपतिको निर्वाचन सकिएको छ। संसद भवन नयाँबानेश्वरमा दिउँसो ३ बजेसम्म सांसदहरुले मतदान गरिसकेका हुन्।

मतदान सकिएपछि अहिले संसद भवनकै ल्होत्से हलमा मतगणना थालिएको छ।

मतगणना चाँडै सकिने भएकाले निर्वाचन अधिकृतको कार्यालयले केही समयपछि नतिजा सार्वजनिक गर्ने छ।

निर्धारित समयसम्म संघीय संसदतर्फ ३१० मत खसेको छ। उता प्रदेशसभाका ५१८ सदस्यहरुले मतदान गरेका छन्।

उपराष्ट्रपतिका लागि सत्ता गठबन्धनबाट जसपाका रामसहायप्रसाद यादव, नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्य र जनमत पार्टीमा ममता झा मैदानमा छन्।

जसपाकी सांसद प्रमिलाकुमारीले भने चुनावी प्रतिस्पर्धाबाट पछि हटेको घोषणा यसअघि नै गरेकी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .