कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजकुमार शर्माले प्रतिवर्ष १० हजार बेरोजगारलाई रोजगारी दिनका लागि कार्यविधि बनाउने बताएका छन्।
बिहीबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदभार ग्रहण गर्दै मुख्यमन्त्री शर्माले उक्त कार्यविधी बनाउने बताएका हुन्।
‘कर्णाली विकटतामा छ, रोग छ, भोक छ, कर्णालीभित्र गरिबी छ, त्यसकारण हामीले २ वटा अभिभारा पुरा गर्नुछ। पहिलो खुसि प्राप्त गर्नुछ, भने दोश्रो सुखी प्राप्त गर्नुछ’ पत्रकारहरुसँग कुरा गर्दै मुख्यमन्त्री शर्माले भने।
शर्माले थपे, ‘सुखी हाम्रो आर्थिक सम्पन्नतासँग जोडिएको छ। भने खुसी हाम्रो सामाजिक न्यायसँग पनि जोडिएको छ। त्यसकारण आर्थिक रुपमा सम्पन्नता र सामाजिक न्याय पुरा गर्नेतर्फ हामीले काम गर्नुपर्नेछ। यो २ वटा अभिभारा पुरा गर्नका निमित्त हामीले हाम्रो पहिलो शत्रु गरिबी दखेका छौं, र यो गरिबीको अन्त्यका लागि कर्णालीमा रोजगारसँगै स्वरोजगार जोडन चाहन्छौं। त्यसका लागि हामीले कर्णाली समृद्धिको अभियान थाल्दैछौं।’
यस्तै, मुख्यमन्त्री शर्माले कर्णाली समृद्धिको अभियान अन्तर्गत प्रतिवर्ष कम्तिमा दश हजार बेरोजगार रोजगार प्रदान गर्नको निम्ति एउटा, कार्यविधी, नीति र बजेट तर्जुमा गरेर अगाडि बढ्ने बताए।
Shares

प्रतिक्रिया