कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको प्रथम अधिवेशन आह्वान भएको छ।
मुख्यमन्त्री जीवनबहादुर शाहीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा प्रदेश प्रमुख तिलक परियारले पुस १८ गते अधिवेशन आह्वान गरेका हुन्।
प्रदेश प्रमुख कार्यालयले एक प्रेस विज्ञप्ति जारी गर्दै प्रदेश प्रमुख परियारले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम यही पुस १८ गते सोमबार दिउसो १ बजे बस्ने गरी अधिवेशन आह्वान गरेका हुन्।
प्रदेशसभाको दोस्रो कार्यकालको प्रथम अधिवेशनमा कार्यवाहक सभामुखका रूपमा कर्णाली प्रदेशसभाका ज्येष्ठ सदस्य विनोदकुमार शाहले भूमिका निर्वाह गर्नेछन्।
30
Shares

प्रतिक्रिया