ad ad

कर्णाली


कर्णालीका सांसदको शपथ पुस ११ गते

कर्णालीका सांसदको शपथ पुस ११ गते

नेपालखबर
पुस ६, २०७९ बुधबार १९:२०, सुर्खेत

कर्णाली प्रदेश सभाका नवनिर्वाचित प्रदेश सभा सदस्यहरुको शपथ पुस ११ गते हुने भएको छ। 

निर्वाचन आयोगले पुस २ गते प्रदेश प्रमुख तिलक परियार समक्ष निर्वाचन परिणाम प्रतिवेदन पेश गरेसँगै प्रदेश सभा सचिवालयले शपथ ग्रहणको तयारी थालेको हो। 

प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव भीमराज थानीले पुस ११ गते शपथ गराउनेबारे निर्णय भएको जानकारी दिए। तर, यो समाचार तयार पार्दासम्म प्रदेश प्रमुखको कार्यालयले निर्णय भने सार्वजनिक गरेको छैन।

सचिव थानीका अुसार प्रदेश प्रमुख कार्यालयले शपथका लागि पत्र सार्वजनिक छैन। 

संविधानको धारा १८३ (१) अनुसार प्रदेश प्रमुखले २० दिनभित्र अधिवेशन आह्वान गरिसक्नुपर्ने संवैधानिक प्रावधान अनुसार कार्यक्रमको तयारी थालिएको हो ।

उनका अनुसार सभामुख र उपसभामुखको निर्वाचन नभएको खण्डमा जेष्ठ सदस्यले शपथ खुवाउने र संसद बैठकको अध्यक्षता ग्रहण गर्ने छन्। 

प्रदेश सभामा सबैभन्दा जेष्ठ सदस्यको रुपमा नेकपा एमालेका विनोदकुमार शाह रहेका छन्। दैलेख निर्वाचन क्षेत्र नम्बर २ (२) बाट निर्वाचित शाह एमाले कर्णाली प्रदेश अध्यक्ष समेत हुन्।  

थानीले शाहलाई प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुखले शपथ गराउने र त्यसपछि शाहले प्रदेश सभामा सांसदहरुलाई शपथ खुवाउने बताए। 

शाह ६६ वर्षका भए।

यस्तै, प्रदेश सभा सचिवालयका प्रमुख सचिव जीवराज बुढाथोकीले नवनिर्वाचित सांसदहरुको शपथ ग्रहणको लागि तयारी पुरा गरिएको नेपालखबरलाई जानकारी दिए। 

‘हाम्रो तर्फबाट गर्ने तयारी हामीले पुरा गरिसकेका छौँ। संसदीय दलहरुको कार्यालयको व्यवस्थापनदेखि संसद भवनलाई रंगरोगन गर्ने सम्पूर्ण कार्य सम्पन्न भइसकेको छ’ उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .