कर्णाली


प्रचण्डमाथि जुत्ता प्रहारको प्रयास, एक व्यक्ति प्रहरीको नियन्त्रणमा

प्रचण्डमाथि जुत्ता प्रहारको प्रयास, एक व्यक्ति प्रहरीको नियन्त्रणमा

नेपालखबर
कात्तिक २२, २०७९ मंगलबार २१:२, काठमाडाैं

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि सुर्खेतमा जुत्ता प्रहारको प्रयास भएको छ। 

मंगलबार साँझ सुर्खेतको चिङ्गाड गाउँपालिकाको मटेलामा आयोजित कार्यक्रमपछि फर्कने क्रममा उनीमाथि जुत्ता प्रहारको प्रयास भएको हो। 

माओवादी अध्यक्ष प्रचण्डसहित नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का सवार हेलिकोप्टरमा जुत्ता प्रहारको प्रयास भएको प्रहरीले जनाएको छ।

कर्णाली प्रदेशका जुम्ला, हुम्ला र कालीकोटका विभिन्न स्थानमा भएको वाम–लोकतान्त्रिक गठबन्धनको संयुक्त चुनावी सभालाई सम्बोधन गरेर दाहाल र खड्का सुर्खेत झरेका थिए। 

चिङ्गाडमा आयोजना गरेको भेलालाई सम्बोन्धन गर्ने क्रममा एक युवाले प्रचण्डलाई जुत्ताको माला लगाउन झोलाबाट निकाल्ने क्रममा मटेला प्रहरीले ति युवालाई नियन्त्रणमा लिएको छ। 

जुत्ताको माला लगाउने युवाको पहिचान नखुलाए पनि नियन्त्रणमा लिइएका युवालाई आवश्यक अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय अवलचिंगमा लगिएको प्रहरीको उच्च स्रोतले जानकारी दिएको छ।

ति प्रहरी अधिकारीकाअनुसार प्रचण्डलाई जुत्ताको माला लगाउन नपाउँदै प्रहरीले नियन्त्रणमा लिएको हो। 

 ‘उच्च व्यक्तित्वको सवारीको क्रममा सुरक्षाा व्यवस्था कडा परिएको हुन्छ। त्यहीँ क्रममा मादक पदार्थ सेवन गरेका व्यक्ति प्रहरी नियन्त्रणमा छन्,’ प्रहरी स्रोतले भन्यो, ‘पक्राउ परेका युवामाथि थप अनुसन्धानका लागि सोधपुछ भइरहेको छ। उद्यपी उनले प्रहरीको सावधानीका कारण माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई जुत्ताको माला लगाउन वा प्रहार गर्नबाट रोकेको छ। अनुसन्धनको क्रममा थप खुल्नेछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .