बराहताल गाउँपालिका–२ गिरीघाटमा रहेका बाढी पीडितले सडक अवरुद्ध गरेका छन्। बाढी पीडितले आफ्नो पुनःस्थापनाको माग गर्दै सडक बन्द गरेका हुन्।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार आइतबार विहानदेखि उनीहरुले आफ्ना विभिन्न माग राख्दै सडक अवरुद्ध गरेका छन्। उक्त सडक अवरुद्धसँगै कर्णाली राजमार्गमा आवतजावत गर्ने सवारी साधनहरू ठप्प भएका छन्।
बाढी पीडिले राजमार्ग बन्द गरेपछि उक्त स्थानमा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली खटिएको छ।
२०७१ साल साउन ३१ गते राति सुर्खेतको भेरी नदीमा आएको बाढीले प्रभावित भएका नागरिक गिरीघाटमा बस्दै आएका छन्। भेरी नदीमा आएको बाढी पक्का, रानीघाट, इखेनीका बस्तीमा पसेको थियो।
6
Shares
प्रतिक्रिया