कर्णाली


सुर्खेतमा कात्तिक १९ देखि चलचित्र महोत्सव हुँदै

सुर्खेतमा कात्तिक १९ देखि चलचित्र महोत्सव हुँदै

नेपालखबर
कात्तिक ५, २०७९ शनिबार १४:३८, सुर्खेत

नेपालस्थित युरोपियन युनियनको डेलिगेशनले ११ औँ नेपाल युरोपेली युनियन चलचित्र महोत्सव पहिलोपटक सुर्खेतमा आयोजना गर्ने भएको छ। 

चलचित्र महोत्सव यही कात्तिक १९ देखि २२ गतेसम्म मध्यपश्चिम विश्वविद्यालयको कुइनेपानीस्थित सेमिनार हलमा आयोजना हुन लागेको हो। निःशुल्क हेर्न सकिने महोत्सवमा ५ युरोपियन र ३ नेपाली चलचित्र प्रर्दशन गरिनेछ। 

नेपालका लागि युरोपेली युनियनको डेलिगेशनका प्रेस तथा सुचना अधिकारी अम्बर मैनालीका अनुसार युरोपियन चलचित्र मध्ये रिता हुतानेनले निर्देशन गरेको ‘गड्स् अफ मोलेन्बेक’, लोरेन्ट मिचेली र ओस्कारले निर्देशन गरेको ‘लोला’ र आराश टी। रिहाहीले निर्देशन गरेको ‘अस्कर एण्ड लिली’मा नेपाली सब्टाईटल हुनेछन्। 

चलचित्र महोत्सवका आकर्षणहरूमध्ये एक ‘ऐना झ्यालको पुतली’ हो। यो नेपाली कथानक चलचित्रले हालैका दिनहरूमा थुप्रै प्रशंसा कमाएको थियो। 

महोत्सवको सद्भावना दूत नायिका केकी अधिकारी रहेकी छन्। किरण श्रेष्ठले निर्देशन गरेको ‘येट अनदर विन्टर’ र विशाल रोक्का मगरले निर्देशन गरेको ‘गोर्खा गल्र्स्’ उत्सवमा देखाइने अन्य दुई नेपाली चलचित्रहरू हुन। महोत्सवको उद्घाटन सत्रमा देखाईने ‘गड्स् अफ मोलेन्बीक’ रिता हुतानेनले निर्देशन गरेको वृत्रचित्त हो। यो चलचित्र ब्रसेल्स्को मोलेन्बीक इलाकामा रहेका दुई ६ वर्षीय बालकको अन्तक्र्रिया र कल्पनाको सेरोफेरोमा आधारित छ।

महोत्सव अन्तर्गत चलचित्र र चलचित्र निर्माणका विभिन्न पक्षहरूसँग सम्बन्धित पूरक क्रियाकलापहरूको पनि आयोजना हुनेछ। चलचित्रकर्मी सुजित बिडारीले कर्णाली प्रदेशका चलचित्रका विद्यार्थी तथा चलचित्रकमीहरुलाई लागि मास्टरक्लास सञ्चालन गर्नेछन्। बिडारीले कात्तिक २२ गतेको पहिलो प्रहरमा फिल्म बनाउन चाहिने कथादेखि त्यसलाई खिच्ने तरिकासम्मको बारेमा छलफल गर्ने बताए। बिडारीले अस्कर कलेजबाट फिल्म मेकिङमा स्नातक गरेका छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .