कारोबार


मंसिरसम्म लम्बियो आयात प्रतिबन्ध

मंसिरसम्म लम्बियो आयात प्रतिबन्ध

नेपालखबर
असोज २८, २०७९ शुक्रबार १४:२७, काठमाडौँ

सरकारले आयात प्रतिबन्ध मंसिरसम्म लम्ब्याएको छ। 

आज बसेको मन्त्रिपरिषद् बैठकले गाडी, मोबाइललगायतका विलासी वस्तुको आयात प्रतिबन्ध मंसिरसम्म कायमै राख्ने निर्णय गरेको हो। 

गत वैशाखमा यी वस्तुको आयातमा रोक लगाइएको थियो। तर प्रतिबन्धको समय आज असोज २८ मा सकिने भएपछि सरकारले थप लम्ब्याउने निर्णय गरेको हो। 

यसअनुसार सरकारले चारवटा वस्तुको आयात प्रतिबन्धलाई निरन्तरता दिएको छ। आज बसेको मन्त्रिपरिषद्को बैठले सो निर्णय गरेको एक मन्त्रीले नेपालखबरलाई जानकारी दिए। 

नेपालको विदेशी मुद्रा सञ्चितिमा गिरावट हुँदा वैशाखदेखि विलासी वस्तुको रुपमा परिभाषित गर्दै १० वस्तु प्रतिबन्ध गरिएको थियो। 

ती १० वस्तुमध्ये अहिले ४ वटा वस्तुमा मात्रै प्रतिबन्ध कायम छ। भदौ १४ गते एम्बुलेन्सबाहेकका निजी गाडी, ३०० डलरमाथिको मोबाइल फोन, १५० सीसीमाथिका  मोटरसाइकल र मदिरा आयातमा प्रतिबन्ध लगाइएको थियो।  यसलाई मंसिरसम्म प्रतिबन्ध गर्ने निर्णय मन्त्रीपरिषद्ले गरेको हो। 

त्योभन्दा अघि कुर्कुरे, कुर्मुरे लेज र यस्तै उत्पादन, तयारी मदिरा, चुरोट तथा सुर्तीजन्य वस्तु, हिरा, मोबाइल फोन सेट, ३२ इन्चभन्दा माथिका रंगीन टेलिभिजन, जीप, कार र भ्यान, २५० सीसीभन्दा माथिका मोटरसाइकल, खेलौना, तासको आयात रोकिएको थियो। 

अब आज पुन: राजपत्र प्रकाशन गरेर मंसिरसम्मको म्याद थप गर्नुपर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .