ad ad

कर्णाली


सल्यान दुर्घटना अपडेट : मृतक आठै जनाको पहिचान खुल्यो

सल्यान दुर्घटना अपडेट : मृतक आठै जनाको पहिचान खुल्यो

सल्यानमा दुर्घटनामा परेको जिप


दिनेश बुढा
असोज १२, २०७९ बुधबार ८:२, सुर्खेत

सल्यानको कपुरकोटमा जिप दुर्घटनामा मृत्यु भएका सबै ८ जनाको पहिचान खुलेको छ। बाँकेको ढकेरीबाट छुटेको जिप राप्ती राजमार्गअन्तर्गत सल्यानको कपुरकोट गाउँपालिका–३ मूलपानी नजिक बुधबार बिहान साढे ३ बजे दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको हो। 

दुर्घटनामा परेको जिप

सल्यान प्रहरीका अनुसार दुर्घटनामा ज्यान गुमाउनेमा धेरैजसो कपुरकोट गाउँपालिका वडा नम्बर ६ का छन्। जसमा जिप चालक जलवाङका २१ वर्षीय जितबहादुर बोहोरा, ३७ वर्षीय धर्मा ओली, ४० वर्षीय टोपबहादुर ओली र उनका छोरा ११ वर्षीय वसन्त ओली छन्। 

यस्तै, कपुरकोट गाउँपालिका ६ कै ३० वर्षीय सुरेश खत्री, ७० वर्षीय खुमलाल ओली, ५५ वर्षकी कुमारी ओली र कपुरकोट गाउँपालिका ५ का ३५ वर्षीय ललित ओलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिए। 

दुर्घटनामा परेको रा १ ज ५६३ नम्बरको जिपमा जम्मा ९ जना सवार थिए।  तीमध्ये एक जना घाइते भएका छन्।  

दुर्घटनामा घाइते कपुरकोट ६ का ३५ वर्षीय तिलक ओलीको उपचार प्रादेशिक अस्पताल (दाङ तुलसीपुर) मा भइरहेको प्रहरीले जनाएको छ।

उनलाई उपचारका लागि कपुरकोट गाउँपालिकाको एम्बुलेन्समा दाङ लगिएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .