ad ad

कर्णाली


जुम्लामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

जुम्लामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

प्रतिकात्मक तस्बिर


नेपालखबर
साउन १५, २०७९ आइतबार ११:३, खलङ्गा

सुर्खेतबाट मुगुका लागि छुटेको लु१ज ३७३४ नंको जिप आज बिहान जुम्लाको सिञ्जा क्षेत्रस्थित कनकासुन्दरी गाउँपालिका–१ बुलबुलेमा दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दका अनुसार दुर्घटनामा मुगु जिल्ला राराछाँयानाथ नगरपालिका–२ का २५ वर्षीय दीपक तिरुवाको मृत्यु भएको हो। 

उनले जिपको ब्रेक फेल भएर दुर्घटना भएको हुनसक्ने बताए।

जिप चालक दलबहादुर बुढालाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (जुम्ला) ल्याउने तयारी भइरहेको छ। जिपमा अन्य पाँच जना यात्रु सवार थिए। अन्य सकुशल रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .