फागुन २१ गते भएको निर्वाचन पछि अहिले देश राष्ट्रिय स्वतन्त्र पार्टीमय भएको छ। पुराना भनिएका दलहरु कमजोेर देखिएका छन् भने नयाँ दलहरुको उदय भएको छ। २०७९ सालको निर्वाचनको संघारमा दर्ता भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दुई तिहाई संख्याको सेरोफेरोमा पुगेको छ। निर्वाचनको नतिजा, नयाँ शक्तिको उदय र नेपालको आगामी राजनीतिक दिशाका बारेमा नेपालखबरले राजनीति शास्त्रका विज्ञ प्राध्यापक कृष्ण पोखरेलसँग कुराकानी गरेको छ। प्राध्यापक पोखरेलले हालैको मत परिणामलाई पुराना दलहरूका गल्तीको सजाय र नयाँ शक्तिका रुपमा देखा परेका रास्वपाका लागि अवसर र चुनौतीको सङ्गमका रूपमा व्याख्या गरेका छन्। प्रस्तुत छ प्राध्यापक पोखरेलसँग गरिएको कुराकानीको सम्पादित अंशः
हालैको निर्वाचन परिणाम र यसले दिएको सन्देशलाई तपाईंले कसरी हेर्नुभएको छ?
यो निर्वाचनले स्पष्ट रूपमा दुईवटा सन्देश दिएको छ। पहिलो, यसले आफूलाई मूलधारका ठूला दल ठान्नेको हैसियत देखाइदिएको छ र विगतमा गरेका गलत कामको दुष्परिणाम भोग्न बाध्य पारेको छ। दोस्रो, जित्ने नयाँ शक्तिलाई नागरिकले विश्वास त गरे, तर अब उनीहरूसामु ‘गरेर देखाउनुपर्ने’ ठूलो चुनौती पनि खडा गरिदिएको छ। नेपाली राजनीतिमा एउटा नयाँ शक्तिको उदय भएको छ भने पुराना शक्तिहरू लगभग अवसानको दिशामा देखिन्छन्। तर यसलाई लहर वा बाढीका रूपमा बुझ्नुपर्छ। बाढी त आयो, तर नयाँ दलसँग त्यो बाढी सम्हाल्ने संगठन छैन। संगठन तिनै पुराना दलसँग छ जो अहिले बाढीमा डुबेका छन्। त्यसैले नयाँ दलले अब आफ्नो मत परिणाम अनुसारको संगठन निर्माण गर्नुपर्ने र काम गरेर देखाउनुपर्ने समय आएको छ।
हिजो सत्तामा रहेका दलहरूको विकल्पमा रास्वपालाई नै नागरिकले किन रोजेका होलान्?
रास्वपाको वैचारिक स्पष्टता र यसको कार्यदिशाका बारेमा तपाईंको बुझाइ के हो?
यो पार्टीको विचार पनि मैले त उदार लोकतन्त्र (लिबरल डेमोक्रेसी) कै देखेको छु। मूलभूत रूपमा जे नेपाली कांग्रेसको विचार जुन खालको छ, त्यही ढंगको विचार यसको पनि हो। जहाँसम्म लोकप्रियतावाद (पपुलिज्म) हावी भयो भन्ने कुरा छ, लोकप्रियता त हिजो प्रचण्ड र ओलीको पनि थियो। त्यसैले लोकप्रियताको अंश सबैले इन्जोय गर्छन्, तर यो पार्टी पनि उदार लोकतन्त्रकै बाटोमा छ। उनीहरूसँग राम्रो सोच भएका युवाहरूको नेतृत्व छ, जसले ब्युरोक्रेसीलाई सही ढंगले लिएर जान्छ र राम्रो योजना बनाउँछ भन्ने विश्वास गर्नुपर्छ।
नयाँ शक्तिमाथि बाह्य शक्तिको प्रभाव रहेको भन्ने चर्चा पनि धेरै छ, के नेपालले भूराजनीतिक चुनौती सामना गर्नुपर्ला त?

नेपालको कर्मचारीतन्त्र र विकासको दुरावस्थालाई उनीहरुले सुधार गर्ने आधारहरू के देख्नुहुन्छ?
अहिलेसम्म राज्य संयन्त्रलाई व्यक्तिगत वा दलगत स्वार्थका लागि दोहन गरियो। हिजो चप्पल लगाएर आएका मानिसहरू कहाँ पुगे भन्ने कुरा जनताले हेरिसकेका छन्। अब नयाँ बन्ने सरकारले हरेक पाइला फुकी–फुकी चाल्नुपर्छ। हामीसँग जे प्रशासनिक र प्राविधिक जनशक्ति छ, उसलाई ‘तिमीले राम्रो काम गर्यौ भने तिम्रो करियर सुरक्षित छ’ भनेर विश्वास दिलाउनुपर्छ। हाम्रो देशमा योजना बन्छ तर कार्यान्वयन हुँदैन, विकास बजेट खर्च गर्न नसक्ने जुन दुरावस्था छ, त्यसलाई चिर्न इन्जिनियरिङ पृष्ठभूमि वा शिक्षित युवाहरूको टिमले आफ्नो जोश र जागर प्रयोग गर्नुपर्छ। जनताका अपेक्षा धेरै छन्, तर सीमित स्रोत साधनका बाबजुद सही पाइला चाल्यो भने ‘बिहानीले दिउँसोको संकेत गर्छ’ भनेझैं सकारात्मक नतिजा आउन सक्छ।
विगतमा बहुमतका सरकारहरू टिक्न नसकेको इतिहास छ, यो नयाँ शक्तिले पार्टी र सरकारको सम्बन्ध कसरी व्यवस्थापन गर्ला?
विगतमा २०४८ सालको कांग्रेस होस् वा २०७४ सालको नेकपा, उनीहरू सरकार र पार्टीबीचको सम्बन्ध व्यवस्थापन गर्न नसकेर नै अप्ठ्यारोमा परेका हुन्। रास्वपाले यी तितो अनुभवबाट सिक्नुपर्छ। यो पार्टी ‘मास बेस्ड’ (जनसमुदायमा आधारित) पार्टी हो। मास पार्टीको चरित्र के हुन्छ भने यसका मतदाता आज यता छन् भने भोलि उता जान सक्छन्। कम्युनिस्ट जस्तो ‘क्याडर बेस्ड’ पार्टी नभएकाले यसले आफ्ना सार्वजनिक नीतिहरू मार्फत नै यो अहिलेको मासलाई चित्त बुझाउनुपर्छ। आगामी निर्वाचनमा उसले जनतालाई आफ्नो ‘रिपोर्ट कार्ड’ बुझाउनुपर्नेछ। अहिलेको लहर सधैं नरहन सक्छ, भोलि नयाँ एजेन्डा आउन सक्छन्, त्यसैले आफ्नो कार्यसम्पादन र ‘डेलिभरी’मा नै यो पार्टीको भविष्य निर्भर छ।
अन्त्यमा, पूर्वमा हर्क साम्पाङको पार्टीले पनि बलियो उपस्थिति देखाएको छ । यस्ता पात्रहरूको उदयले २०८४ को निर्वाचनमा केहि अर्थ राख्छ?
हर्क साम्पाङको कुरा गर्दा उनले २०७९ को स्थानीय निर्वाचनमै ठूला दलहरूका लागि खतराको घण्टी बजाइसकेका थिए। उनको ‘अर्गानिक’ र स्पष्ट बोलीलाई जनताले मन पराएका छन्। उनी कुरा चपाएर वा चिप्लो घसेर बोल्दैनन्, भित्र जे छ बाहिर त्यही बोल्छन्। त्यसैले जनताले उनलाई इमानदार मानेका हुन्। अब आउने प्रदेश र २०८४ मा हुने स्थानीय तहको चुनावका लागि पनि दलहरूले आफ्नो कार्यशैली बदल्नुपर्छ। अहिले नागरिकमा जुन उत्साहको भेल छ, यदि काम हुन सकेन भने यो निराशाको भेलमा रूपान्तरण हुन्छ। त्यसैले नेतृत्वले जनताको नाडी छामेर, इमानदारीपूर्वक काम गर्नुपर्छ। जनतासँग यस्तो शक्ति छ जसले कसैलाई सिंहासनमा बसाउन सक्छ भने काम नगरे त्यहीँबाट ओरालेर धुलोमा ल्याइदिन पनि सक्छ।
Shares

प्रतिक्रिया