इबोला भाइरसको संक्रमणले कंगोमा कम्तीमा १३१ जनाको मृत्यु भएको छ।
यसैबिच विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का एक प्रतिनिधिले इबोला भाइरस रोग अनुमानभन्दा छिटो फैलिरहेको हुन सक्ने चेतावनी दिएका छन्।
डा. एन एन्सियालले बीबीसीसँग भनेकी छन्, 'जति धेरै परीक्षण गर्यो, त्यति नै धेरै केस अन्य क्षेत्रमा फैलिएको स्पष्ट हुँदै गयो।'
अधिकारीहरूका अनुसार कंगोमन मंगलबारसम्म डीआर कंगोमा इबोला संक्रमणको शंकास्पद बिरामीको संख्या ५१३ पुगेको छ।छिमेकी देश युगान्डामा समेत यो संक्रमणले एक व्यक्तिको मृत्यु भएको छ।
डब्ल्यूएचओले गत हप्ता यस प्रकोपलाई विश्व स्वास्थ्य आपतकाल घोषणा गरेको छ।
105
Shares

प्रतिक्रिया