नासाले चन्द्रमा यात्राका लागि पठाएको आर्टेमिस-२ टोलीले खिचेको पृथ्वीको पहिलो हाई-रिजोल्युसन तस्बिर सार्वजनिक गरेको छ।
नासाका अनुसार पृथ्वीका ती ‘अद्भुत’ तस्बिर मिसन कमान्डर रिड वाइजम्यानले खिचेका हुन्।
यो पनि : मान्छे बोकेर पृथ्वी छाडेको ‘ओरिएन क्याप्सुल’ सोमबार पुग्नेछ चन्द्रमा नजिक
पहिलो तस्बिरलाई ‘हेल्लो वर्ल्ड’ नाम दिइएको छ। जसमा एट्लान्टिक महासागर देखिन्छ। जसका चारैतिर वायुमण्डलको हल्का चमक देखिन्छ। यस समयमा पृथ्वीले सूर्यलाई आंशिक रूपमा ढाकेको देखिन्छ।
उक्त तस्बिरमा पृथ्वी उल्टो देखिएको छ। पश्चिमी सहारा र आइबेरियन प्रायद्वीप बायाँतिर देखिन्छ भने दक्षिण अमेरिकाको पूर्वी भाग दायाँतिर देखिन्छ।
केही तस्बिर




693
Shares

प्रतिक्रिया