ग्लोबल


स्वामी अभिमुक्तेश्वरानन्द सरस्वतीलाई लाग्यो यौन शोषणको आरोप

स्वामी अभिमुक्तेश्वरानन्द सरस्वतीलाई लाग्यो यौन शोषणको आरोप

यौन शोषण गरेको आरोप लागेका स्वामी अभिमुक्तेश्वरानन्द सरस्वती


नेपालखबर
फागुन १०, २०८२ आइतबार ८:७, काठमाडौँ

भारतको उत्तर प्रदेशअन्तर्गत प्रयागराजस्थित ‘पोक्सो’ अदालतले स्वामी अभिमुक्तेश्वरानन्द सरस्वती र उनका शिष्य स्वामी मुकुन्दानन्द गिरीविरुद्ध यौन शोषणको आरोपमा एफआईआर दर्ता गर्न प्रहरीलाई आदेश दिएको छ।

उनीहरूले अध्ययनका लागि आएका बालकहरूको यौन शोषण गरेको आरोप लागेको हो।

उनीहरूविरुद्ध उजुरी दर्ता गर्ने आशुतोष पाण्डेले एएनआईसँग भनेका छन्, ‘अभिमुक्तेश्वरानन्द र उनका शिष्य मुकुन्दानन्दविरुद्ध एफआईआर दर्ता गर्न आदेश दिइएको छ। पहिलो नजरमा हामीले न्याय पाएका छौँ। अभिमुक्तेश्वरानन्दले साना बालकहरूसँग कुकर्म गर्थे, यौन अपराध गर्थे। अदालतले हामीले उपलब्ध गराएको प्रमाणको पनि अनुसन्धान गर्न आदेश दिएको छ।’

उता शंकराचार्य अविमुक्तेश्वरानन्दले भने अनुसन्धान अगाडि बढेपछि अब सत्य कुरा बाहिर आउने बताएका छन्। 

उनले भनेका छन्, ‘अदालतले यस विषयमा छिटो कारबाही गर्नुपर्छ र धेरै ढिलाइ गर्नु हुँदैन, किनकि धेरै मानिसले यो मुद्दा हेरिरहेका छन्। बयान रेकर्ड गरिनुपर्छ र छिटो निर्णयमा पुग्नुपर्छ। जे गलत छ त्यो गलत नै रहनेछ; दायर गरिएको झुटो मुद्दा अन्ततः झुटो साबित हुनेछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad