ग्लोबल


अस्ट्रेलिया गोलीकाण्ड : मृतकको संख्या १५ पुग्यो, ४२ घाइते

आक्रमणकारी ५० वर्षीय बाउ र २४ वर्षका छोरा : अस्ट्रेलियाली प्रहरी
अस्ट्रेलिया गोलीकाण्ड : मृतकको संख्या १५ पुग्यो, ४२ घाइते

नेपालखबर
मंसिर २९, २०८२ सोमबार ७:१७, काठमाडौँ

अस्ट्रेलियाको बोन्डी बिच भन्ने स्थानमा आइतबार भएको अन्धाधुन्ध गोली प्रहारमा मारिनेको संख्या १५ पुगेको छ। 

न्यु साउथ वेल्सका प्रिमियर क्रिस मिन्सले गोली लागेर १० वर्षीया बालिकासहित १५ जनाको मृत्यु भएको पुष्टि गरेका छन्। मृतकमा एक आक्रमणकारी पनि छन्। 

प्रहरी आयुक्त माल लानियोनले आक्रमणकारीहरू बुबा र छोरा भएको बताए। बुबा साजिद अक्रम ५० वर्ष र छोरा नविद अक्रम २४ वर्षका छन्।

प्रहरीका अनुसार ५० वर्षीय आक्रमणकारीलाई प्रहरीले गोली हानेर मारेको छ भने २४ वर्षीय छोरा गम्भीर घाइते भएका छन्।

बीबीसीका अनुसार घटनास्थलबाट ड्युटीमा रहेका प्रहरी अधिकारीहरूसहित ४२ जनालाई अस्पताल लगिएको छ। 

प्रहरीले आक्रमणकारी ५० वर्षीय व्यक्तिसँग हतियारको लाइसेन्स रहेको पाइएको बताएको छ। उनको नाममा छवटा हतियार दर्ता गरिएको छ, जुन घटनास्थलबाट बरामद गरिएको प्रहरीले जनाएको छ। 

घटनास्थलमा दुई सक्रिय विस्फोटक उपकरण पनि फेला परेका छन्, जसलाई प्रहरीले सुरक्षित रूपमा निष्क्रिय पारेको छ।

अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले आक्रमणविरुद्ध आवश्यक सबै स्रोतसाधन परिचालन गरिने बताएका छन्। उनले अस्ट्रेलियाली समाजबाट यहुदीविरोधी भावनालाई पूर्ण रूपमा अन्त्य गरिने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad