ग्लोबल


अस्ट्रेलिया गोलीकाण्ड : पक्राउ परेका दुईमध्ये एक यी २४ वर्षीय युवक

अस्ट्रेलिया गोलीकाण्ड : पक्राउ परेका दुईमध्ये एक यी २४ वर्षीय युवक

नविद अक्रमको फाइल फोटो


नेपालखबर
मंसिर २८, २०८२ आइतबार २०:५०, काठमाडौँ

अस्ट्रेलियाको 'बोन्डी बिच'मा आइतबार १२ जना मारिने गरी भएको गोलीकाण्डमा पक्राउ परेका दुई बन्दुकधारीमध्ये एक जनाको नाम र तस्बिर सार्वजनिक भएको छ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आतंकवादी हमलामा संलग्न भएको आरोपमा पक्राउ परेका एक व्यक्ति नविद अक्रम हुन्।

२४ वर्षका उनी पश्चिमी सिड्नीमा मिस्त्रीको रूपमा काम गर्थे। उनले हालै आफ्नो रोजगारी गुमाएका थिए।

प्रहरीका अनुसार, नविद अक्रमलाई अर्का आक्रमणकारीसँगै पक्राउ गरिएको थियो। आक्रमणमा एक आक्रमणकारीको मृत्यु भएको छ, तर मृतक अक्रम हुन् वा अर्को, अझै स्पष्ट भएको छैन।

आइतबार अस्ट्रेलियाको बोन्डी बिच (समुद्र तट) मा हनुक्का मनाइरहेका यहुदीहरूमाथि दुई बन्दुकधारीले अन्धाधुन्ध गोली चलाएका हुन्। 

अस्ट्रेलियाली प्रहरीले गोली लागेर कम्तीमा १२ जनाको मृत्यु भएको पुष्टि गरेको छ भने २९ व्यक्ति घाइते भएको जानकारी दिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad